Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्रकाे स्वर्ण जयन्ती भव्य रुपमा सम्पन्न

वीरगन्ज,३०कात्तिक:ब्रम्हकुमारी राजयोग सेवा केन्द्र वीरगन्ज क्षेत्रले स्वर्ण जयन्ती भव्यताका साथ मनाएको छ । केन्द्रले ५० वर्ष प्रवेश गरेको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

दुई दिने कार्यक्रममा संस्थालाई भवन निर्माण लगायत जग्गा दान दिएका दाताहरुलाई सम्मान गर्नुका साथै १ सय ८ कुमारीहरुको पूजा, स्नेह मिलन तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी राजदादीले समाजमा बढ्दै गएको विकृतिलाई निरुत्साहित गर्न ब्रम्ह्कुमारी संस्थाले आफ्नो आध्यात्मीक ज्ञानको माध्यमबाट समाजमा एकापसमा भाईचारा, सदभाव, मेलमिलापको भावना जागृत गर्दै आफ्नो व्यक्तिगत चरित्रलाई स्वच्छ बनाउन जनचेतना फैलाउदै आएको बताईन् ।

कार्यक्रममा सहभागीहरुले समाजमा सकारात्मक परिवर्तनमा यस संस्थाले महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएको बताए । उनीहरुले बुद्धको जन्मीभूमी नेपालमा हाल सृजित विषम परिस्थितिले आम जनमानसमा त्रासको वातावरण भएको बेला ब्रम्ह्मुकमारी संस्थाले देखाउने मार्गदर्शनको अझ बढी आवश्यकता महसुस भएको बताए ।

वक्ताहरुले महिलाहरु नेतृत्व लिन नसक्ने मानसिकता बोकेको समाजमा सकारत्मक परिवर्तनको अभियानमा विश्वयापी रुपमा महिला वर्गको नेतृत्वले यो गलत भाष्यलाई चिर्न सफल भएको बताए ।

कार्यक्रममा ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्र वीरगन्जकी प्रमुख रवीना श्रेष्ठले सबैको साथ र सहयोगले ५ दशक पार गर्न सफल भएको बताईन् । उनले ब्रम्ह्कुमारी एक संस्था मात्र नभई मावन जातिमा रहेको असन्तुष्टी, तनाव र अज्ञानतालाई मेटाइ आध्यामिक चेतना बढाउने एक ईश्वरीय विश्व विधालय रहेको बताईन् ।

स्वर्ण जयन्तीको अवसरमा नेपालका विभिन्न क्षेत्र तथा यस संस्थाका मुख्यालय भारतको राजश्थानस्थित माउण्ट आबू, विहार राज्यबाट सयौँको संख्यमा बम्ह्कुमारीहरुको सहभागीता रहेको थियो । नेपालभर यस संस्थाको करिब १ हजार प्रशिक्षण केन्द्र रहेका छन् ।

Related posts

वीरगन्जमा पहिलो पटक गहवामाईको भब्य डोली यात्रा निकालिदैं

MadhesKhabar

सिम्राैनगढलाई संरक्षित क्षेत्र घाेषणा गर्न एमाले सांसदकाे माग

MadhesKhabar

तराई-मधेसका महिलाले मनाउने जिउतिया पर्व आजदेखि सुरु

MadhesKhabar

Leave a Comment