Madhes Khabar
धर्म/संस्कृति

राधेमाई मन्दिरमा पम्परा अनुसार पूर्वमन्त्री यादवसहितका भक्तजनहरुले भित्र्याए फूलपाती

वीरगन्ज,१३असोजःवीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित दुर्गा भवानीको शक्तिपीठ राधेमाई मन्दिरमा पनि आज (सोमबार) बडादशैँको दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका अवसरमा परम्परागत अनुष्ठान स्वरूप फूलपाती भित्र्याइएको छ।

पर्सा क्षेत्र नम्बर १ का पूर्व सांसद तथा पूर्व मन्त्री प्रदीप यादवसहितका हजारौंको संख्यामा रहेका भक्तजनहरुले शास्त्रीय विधिपूर्वक शुभ साइतमा फूलपाती भित्र्याएका हुन्।त्यसअघि पूर्वमन्त्री यादवल आँफैले मातारानीको डोला बोकेर मन्दिर प्रांगणमा पुगेका थिए ।मन्दिरमा डोला पुर्याएपछि पूर्वमन्त्री यादवसहितका भक्तजनहरूले पूजा–अर्चना गरेका थिए ।

पूर्व मन्त्री यादवले फूलपातीको अवसरमा सम्पूर्ण देशवासीको सुख, समृद्धि र चिताएको कार्य सफल होस् भन्ने कामना व्यक्त गर्दै शुभकामनापनि दिएका छन्।

 

 

Related posts

राम मन्दिर उद्घाटनका दिन पोखरीयामापनि माछा,मासु र मदिरा निषेध, दिपावली मनाउन आह्वान

MadhesKhabar

आज विश्वकर्मा पूजा

MadhesKhabar

वीरगन्जमा भाेजपुरी प्रतिष्ठानले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा महताे प्रथम

MadhesKhabar

Leave a Comment