वीरगन्ज,२३चैत:इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले आज शुक्रबार इफ्तार आयोजना गर्दैछ ।
आपसी भाईचारा अभिबृद्धि हेतु वीरगन्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा शुक्रबार साँझ इफ्तार आयोजना गर्न लागेको हो ।
साँझ ६ बजेपछि हुने उक्त दावत ए इफ्तारमा सहभागी भइदिन सम्पूर्ण मुस्लिम समुदायलाई मेयर राजेशमान सिंहले अपिल गरेका छन् ।
अपिलमा मेयर सिंहले भनेका छन्, ‘आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा आयोजना गर्न लागिएको इफ्तारमा सहभागी भइदिनुहुन सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गर्दछु ।’

