Madhes Khabar
धर्म/संस्कृति

आज नागपञ्चमी पर्व मनाइँदै, हिन्दुकाे चाडपर्व सुरु

वीरगन्ज,१भदाैं: नागपञ्चमी पर्व आज (साेमबार)परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

नागपञ्चमीका दिन नागको पूजा गरी नागको फाेटाे घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास रहिआएकाे छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास गरिन्छ ।

नागका बाह्र नाम भएपनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागकाे फाेटाेलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आजको दिन घरमा नागकाे फाेटाे टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

आजका दिन नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने गरिन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रीत बसालेको धार्मिक विश्वास छ ।

नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

Related posts

सत्य साई बाबाको जन्मोत्सवमा वीरगन्जमा निकालियो शोभा यात्रा

MadhesKhabar

आज बिहान पारन गरेपछि सकियाे जिउतिया पर्व

MadhesKhabar

वीरगन्जको घडिअर्वामा गणेश चतुर्थी महोत्सव यसपालि पनि भव्य रुपमा मनाइने

MadhesKhabar

Leave a Comment