Madhes Khabar
धर्म/संस्कृति

आज बिहान पारन गरेपछि सकियाे जिउतिया पर्व

वीरगन्ज,१०असाेज:तराई-मधेसमा मनाइने जिउतिया पर्व ३६ घण्टा लामो निर्जल र निराहार उपवासपछि बिहीबार बिहान सम्पन्न भएको छ ।

सन्तानको दीर्घजीवन तथा पारिवारिक सुःख शान्तिका लागि मनाइने जिउतिया पर्व गएको मंगलबारदेखि नै धार्मिक विधिअनुसार शुरु भएको थियो ।बुधबार बिहान झिस्मिसे देखि व्रतालु महिला उपवास बसेका थिए ।

यसरी उपवास बसेका महिलाले बुधबार साँझ पवित्र नदी, पोखरी र तलाउमा गएर पूजापाठ तथा जितवाहनकाे कथा सुनेका थिए।

बिहीबार बिहान गरिएको व्रत समापन गर्ने विधिलाई मिथिलामा पारन भनिन्छ। पारन गरेर व्रतालु महिलाले आ–आफ्ना घरमा देवतालाई चढाएका प्रसाद ग्रहण गर्नुका साथै विभिन्न खानेकुरा खाने चलन रहेको छ ।

Related posts

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ सूर्य भगवानलाई अर्घ दिइदैं

MadhesKhabar

आज विजया दशमी, टीकाको शुभसाइत बिहान ११:५३ बजे

MadhesKhabar

राम नवमीमा अयोध्याको राम मन्दिरमा विशेष समारोह हुदैं

MadhesKhabar

Leave a Comment