Madhes Khabar
धर्म/संस्कृति

धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहा नगरे अन्दोलन गर्ने साधुसन्तहरुको चेतावनी

जनकपुरधाम,१७असोजः जनकपुरधामका साधुसन्तहरुले धर्मगुरु आचार्य श्रीनिवास महाराजलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । बुधवार रामानन्दिय वैष्णव संघले पत्रकार सम्मेलन गर्दै धर्मगुरु आचार्य श्रीनिवास बिना सर्त तत्काल रिहा गर्न माग गरेको हो ।

उनलाई तत्काल रिहाइ नगरे आन्दोलन गर्ने चेतावनी समेत साधुसन्तहरुले दिएका छन् । संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई तत्काल रिहाइ गर्न माग गरे । उनले धर्मगुरुलाई रिहाइ नगरे बिहीबार अपरान्ह ३ बजे जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए ।

पत्रकार सम्मेलनमा अर्का वक्ता महन्थ दासले श्रीनिवास आचार्यले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिएको स्विकार्दै आत्मरक्षा स्वरूप खुकुरी देखाएको बताए । उनले हाम्रो देशमा गौहत्या गर्नेलाई केही नगर्ने तर गौ रक्षा प्रति टिप्पणी मात्र गर्नेलाई पक्राउ गरिएको भन्दै प्रशासनको सो कदमको निन्दा गरे ।

असोज १२ गते गौहत्याविरुद्ध विश्व हिन्दु परिषद्ले निकालेको विरोध ¥यालीमा बोल्दै धर्मगुरु श्रीनिवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मङ्गलवार साँझ सुनसरीबाट पक्राउ गरेको थियो । साभार : रातोपाटीबाट

 

Related posts

सरस्वतीको मूर्ति सेलाउने बिषयमा झडपपछि रौतहटमा लगाइयाे कर्फ्यू

MadhesKhabar

कृष्ण जन्माष्टमीकाे मूर्ति बिसर्जनका क्रममा दुई समुदायबिच भएकाे झडपले मलंगवा तनावग्रस्त

MadhesKhabar

वीरगन्जमा पहिलो पटक निकालिन लागेको गहवामाई डोली यात्राको सम्पूर्ण तयारी पूरा

MadhesKhabar

Leave a Comment