Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा पहिलो पटक निकालिन लागेको गहवामाई डोली यात्राको सम्पूर्ण तयारी पूरा

वीरगन्जमा,३बैशाखःवीरगन्जमा भोलि ंमगलबार निकालिने गहवामाईको निशानसहितको डोली यात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

चैती नवरात्रको अष्टमी तिथिका दिन मंगलाबर हुन गइरहेको गहवामाईको निशान सहितको डोली यात्रा अपरान्ह ४ बजेदेपिख मन्दिर पसिरबाट सुरु भई नगर परिक्रमा गर्ने माईस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार साहले जानकारी दिए । त्यसअघि मन्दिर परिसरमै गहवामाईको निशानसहितको डोलीको पूजापाठपनि गरिने अध्यक्ष साहले बताए ।

मन्दिर परिसरबाट निस्किने डोली यात्रा माईस्थानको २ नम्बर रोडहुँदै रेशमकोठी,गणेशमान चोक, वीर्तामाई मन्दिर, अलखिया मठबाट मेनरोड भएर महावीर मन्दिर, घन्टाघर चोक हुँदै साँझ ६ बजे गहवामाई मन्दिर प्राङ्गणमै पुगेर समापन हुने अध्यक्ष साहले बताए ।

उनका अनुसार,गहवामाईको निशान लिन इच्छुक भक्तजनले ५०५ रुपैयाँ तिरेर निशान लिन सक्नेछन् । उक्त निशानमा झण्डा, लगाउने पट्टा र प्रसादसमेत रहेको छ।

पहिलो पटक निकासलन लागिएको डोली यात्रामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष साहले जानकारी दिए । उनका अनुसार, डोलीको निर्माणमा लागेको खर्च समितिका सह–कोषाध्यक्ष डाक्टर प्रमोद सर्राफले सहयोग गरेका छन् ।

Related posts

वीरगन्ज महानगरले विद्यालयहरुमा दियाे जाडाे बिदा

MadhesKhabar

पर्साको भेडाहा खोलाबाट बालुवा र गिट्टी चोरी–तस्करी गर्ने ४ वटा ट्याक्टरसहित चालक पक्राउ

MadhesKhabar

रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

MadhesKhabar

Leave a Comment