प्रमोद यादव
पर्सा,२८साउनःपर्साको राष्ट्रिय वन क्षेत्रभित्र पर्ने भेडाहा खोलाबाट बालुवा र गिट्टी चोरी–तस्करी गरेको आरोपमा प्रहरीले फेरि चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ को वन क्षेत्रबाट बालुवा र गिट्टी लोड गरी लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय पेटेर्वा सुगौलीको टोलीले दुई दिनमा चालकसहित चार वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रदेश २–००२–००१ त ६१३७,प्रदेश २–००३–००१ त १७१० ,ना ६ त ७३५५ र नम्बर प्लेट नखुलेको अर्को एक गरी चार वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भेडाहा खोला क्षेत्रबाट दैनिक रूपमा अवैध रूपमा उत्खनन गरिएको बालुवा र गिटी मुसैलीमा रहेको क्रसर उद्योगमा लैजाने गरिएको विशेष सूचना पाएपछि प्रहरीले त्यसक्षेत्रमा निगरानी र सक्रियता बढाएको छ।

