वीरगन्ज, चैत्र २०: ज्ञानदा एकेडेमीले आफ्नो वार्षिक परम्परालाई निरन्तरता दिँदै एसकेजी (सिनियर केजी) को दीक्षान्त समारोह शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा सिनियर केजीबाट कक्षा १ मा पास भएर गएका विद्यार्थीहरूलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको छ । समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिदै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै चुनौतीहरूको सामना गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने बताए।
यस कार्यक्रमले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्राका लागि प्रेरणा प्रदान गरेको विधालय प्रशासनले जनाएको छ। हरेक वर्षझैँ यस वर्ष पनि कार्यक्रम उत्साह, हर्ष र उल्लासका साथ सम्पन्न भएको विद्यालयले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि डा. अजय कुमार यादव र डा. प्रमिला गुप्ता यादव रहेका थिए भने विशेष अतिथिका रूपमा माधुरी महतोको उपस्थिति रहेको थियो। कार्यक्रम ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो।
यस अवसरमा विद्यालयकी उप-प्रधानाध्यापिका जागृति मिश्र, शैक्षिक प्रमुख सन्ध्या वशिष्ट तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण प्रि–प्राइमरी संयोजक मुना रानाले गरेकी थिइन् भने किन्डरगार्टेन तहका सम्पूर्ण शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।


