Madhes Khabar
समाज

वीरगन्जको इनर्वाका एक अशक्त व्याक्तिलाई ह्वील चेयर सहयोग

वीरगन्ज,६जेठःवीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका शारिरिक रुपले पूर्ण रुपमा अशक्त एक जना व्याक्तिलाई ह्वील चेयर सहयोग गरिएको छ । हिड्डुल समेत गर्न नसक्ने ती व्याक्तिलाई परोपकारी संस्था उपकार सेवा नेपालले एक थान ह्वील चेयर सहयोग गरेको हो ।

सामाजिक अभियन्ता प्रकाश प्रसाद थारुले जानकारी गराएपछि इनर्वाका ती व्याक्तिलाई उनको घरमै पुगेर ह्वील चेयर सहयोग गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीले बताइन् ।पुर्ण रूपमा अशक्त भई हिड्डुल समेत गर्न नसक्ने ती व्याक्तिलाई उनको जिवन यापनमा केहि सहजता होस् भनेर ह्वील चेयर प्रदान गरिएको उनले बताइन् ।

ह्वील चेयर प्रदान गर्ने कार्यक्रममा उपकार सेवा नेपालकी अभिभावक पद्मा देवी सरावगी,समाजिक अभियन्ता प्रकाश थारू, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्जमा प्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टकाे कार्यक्रममा ६९ जना गरे रक्तदान

MadhesKhabar

ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

MadhesKhabar

पर्साको सोनवर्षामा आयोजित कार्यक्रममा २५ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment