Madhes Khabar
समाज

१५०० युनिट रगत संकलनका लागि पर्सा–बारामा रक्तदान शिविर आयोजना गर्दै तेरापंथ युवक परिषद्

वीरगन्ज,२२ भदौं : तेरापंथ युवक परिषदले १५ सय युनिट रगत संकलनका लागि पर्सा र बारामा एकैसाथ बृहत रक्तदान शिविर सञ्चालन गर्ने भएको छ ।

वीरगन्जमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले रक्तदान शिविरको बारेमा जानकारी गराएको हो ।११ दिनसम्म निरन्तर चल्ने रक्तदान कार्यक्रम पर्सा र बाराका विभिन्न स्थानहरुमा आयोजना गरिने पत्रकारर सम्मेलनमा परिषद वीरगन्जका सचिव सुमित सेठीयाले जानकारी गरााए।

उनका अनुसार, यहि भदौं २५ गतेदेखि सुरु हुने रक्तदान कार्यक्रम असोज ४ गतेसम्म चल्नेछ ।पर्सा र बाराका विभिन्न औद्योगिक प्रतिष्ठान र अस्पतालहरुमा ११ दिनसम्म छुट्टा छुट्टै दिन रक्तदान कार्यक्रम आयोजना गरिने सचिव सेठियाले जानकारी गराए । तसर्थ परिषदको यस पुनित कार्यमा सहभागी भई आफनो अमूल्य रगत दान गरेर सहयोग गरिदिन परिषदले सबैमा सार्वजनिक अपिल गरेको छ ।

संकलित १५ सय युनिट रगत नेपाल रेडक्रस सोसाइटी पर्साको रक्त सञ्चार केन्द्र वीरगन्जलाई बुझाइने परिषद वीरगन्जका लोकेश लोम्मडले बताए ।उनका अनुसार,परिषदले यसअअघि २०७९ सालमा पनि वीरगन्जमा आयोजना गरेको एकदिने रक्तदान कार्यक्रममा ४ सय २३ युनिट रगत संकलन भएको थियो ।

 

 

Related posts

दिपावलीमा पटका नपड्काउन पर्सा सिडिओ कार्यालयको चेतावनी

MadhesKhabar

सखुवा प्रसाैनी-१ का विपन्न दलित र जेष्ठ नागरिकहरुलाई वडाध्यक्ष थारुले बाँडे कम्बल

MadhesKhabar

पर्साका विपन्न र दलित परिवारलाइ झुल वितरण

MadhesKhabar

Leave a Comment