Madhes Khabar
समाज हेडलाइन

वीरगन्जको मानव सेवा आश्रमद्वारा ८ वर्षमा २ सय ९२ जनाको उद्धार

वीरगन्ज,१५जेठ:मानव सेवा आश्रम वीरगन्जले ८ वर्षको अवधिमा २ सय ९२ जना सडक मानवको उद्धार गरेको छ । मानवसेवा आश्रम वीरगन्जको तथ्यांक अनुसार, २०७४ जेठ १५ स्थापना भएको वीरगन्ज शाखाले हालसम्म २ सय ९२ जनाको उद्धार गरेको हो ।

आश्रमले तीमध्ये १ सय २५ जनाको सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ । ३६ जनाले भने आश्रममै देहत्याग गरेका छन् । ८४ जनाको सामुदायिक पुन:र्स्थापना गरिएको छ । हाल मानवसेवा आश्रम वीरगन्जमा ४७ महिला, पुरुष र बालबालिका आश्रित छन् ।

२०७४ जेठ १५ गते शाखाले वीरगन्जस्थित नारायणी अस्पताल परिसरबाट शंकर नाम गरेका एक अपांगता भएका युवकलाई उद्धार गरी मानवसेवा आश्रम वीरगन्जको सेवा सुरुवात गरिएको थियो । त्यसयता आश्रमले खुल्ला आकाश मुनी सडकपेटी तथा सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडक आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरुको अविच्छिन्न रुपमा उद्धार, उपचार, पालनपोषण, संरक्षण एवम् पारिवारिक पुनर्मिलनको काम गराइरहेको जनाएको छ ।

आश्रम वीरगन्जका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार, २०७४ देखि ०७९ सम्म ५ वर्ष वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास पछाडीको एक घर भाडामा लिएर आश्रम संचालन गरिएको थियो । ०८० देखि वीरगन्ज–२५ सिर्सियामा वृद्धाश्रमको लागि बनेको घरमा हाल आश्रम संचालन भइरहेको छ ।

वीरगन्ज –१५ लक्ष्मणवामा वीरगन्ज महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँको लागतमा आश्रमको आफ्नै सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा छ ।साभार:कान्तिपुर

Related posts

वीरगन्जका वीरेन्द्र सोनारको हत्या उनकै श्रीमति र प्रेमीले गरेको खुलासा

MadhesKhabar

ब्रिटिस सेनालाई नेपालीले पराजित गरेको पर्सागढीमा मनाइयो `पर्सागढी विजय उत्सव´

MadhesKhabar

फागुन २१ को निर्वाचनका लागि पर्सा जिल्लामा ३० हजार बढी नयाँ मतदाता थपिए

MadhesKhabar

Leave a Comment