Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज हेल्थकेयर अस्पतालमा मुटुको अप्रेशनका लागि खुल्यो अत्याधुनिक क्याथल्याब

वीरगन्ज, १३ जेष्ठ : वीरगन्ज १४ स्थित वीरगन्ज हेल्थकेयर अस्पतालमा मुटु सबन्धि रोगको उपचारका लागि अत्याधुकिन क्याथल्याब सेवा सञ्चालनमा आएको छ ।काठमाण्डौको शहिद गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेष डाक्टर रवी मल्ल नेतृत्वको चिकित्सक टोलीले वीरगन्ज हेल्थ केयर अस्पतालमा क्याथल्याब सेवा सञ्चालनमा ल्याएको हो ।

शनिबारदेखि सञ्चालित क्याथ ल्याबमा मुटुको रक्तनली ब्लक (जाम) भएका रोगीको एन्जियोग्राफी गरि एन्जियोप्लाष्टी ( मुटुको नलीमा जाली हाल्ने ) उपचारसेवा सुरु गरिएको अस्पतालका अध्यक्ष डाक्टर अबुल हयश अन्सारीले जानकारी दिए ।

डाक्टर अन्न्सारीका अनुसार , शनिबारदेखि सञ्चालनमा आएको क्याथल्याबमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मल्लकासाथै डाक्टर राकेश अधिकारी , डाक्टर विनय रौनियार र डाक्टर साहिद मुर्तुजागरि चार जना चिकित्सक टोलीले मुटु रोगीको एन्जियोग्राफी र एन्जियोप्लाष्टी गरिरहेका छन् ।

मुटुको रक्तनली जाम भइ एन्जियोप्लाष्टी गर्नु पर्ने बिरामीको लागि उपचारखर्च ७५ हजारदेखि १ लाख ७५ हजार रुपैयासम्म लाग्ने अध्यक्ष अन्सारीले बताए ।विपन्न नागरिक वा स्वास्थ्य बीमा सेवा भएका मुटुरोगीको हकमा एन्जियोप्लाष्टी गर्न औषधीसमेत गरेर ७५ हजार रुपैयामात्र खर्च लाग्नेछ ।त्यसकालागि विपन्न नागरिकले ाफनो वडा कार्यालय र पालिका कार्यालयबाट विपन्न नागरि भएको सिफारिस पत्र अनिवार्य लिएर अस्पतालमा आउनुपर्नेछ ।

स्वास्थ्य सेवा बिमा भएका मुटुरोगीले भने स्वास्थ्य बीमा गराएको परिचयपत्र मात्रै लिएर आएपनि पुग्ने अस्पतालका अध्यक्ष अन्सारीले बताए ।विपन्न नागरिक वा स्वास्थ्य बीमा नगराएका मुटु रोगीको हकमा भने एन्जियोप्लाष्टी गराउँदा औषधीसमेत गरेर कूल खर्च १ लाख ७५ हजार रुपैयाँमात्रै लाग्ने अध्यक्ष अन्सारीले बताए ।

क्याथल्याब सञ्चालन भएको पहिलोदिन शनिबार मात्रै ६ जना मुटुरोगीको एन्जियोग्राफी गरिएकोमा ती मध्ये दुई जनाको एन्जियोप्लाष्टीपनि गरिएको जानकारी उनले दिए ।

अध्यक्ष अन्सारीले भने,‘ अस्पतालमा क्याबल्याब सेवा कोभिड महामारीभन्दा पहिलेनै सञ्चालनमा ल्याएका थियौं , तर कोभिडमा यो सेवा बन्द गर्नु परेको थियो । त्यसपछि अहिले नयाँ अत्याधुनिक प्राविधीको मेशीन र उपकरण जडान गरेर फेरि क्याथल्याब सञ्चचालनमा ल्याएका हौं , अब यो सेवा निरन्तर रहनेछ ।

क्याथ ल्याबमा काठमाडौंको सहिद गंगालाल हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेज्ञ डाक्टर मल्लसहितको टोली नै कार्यरत रहेकाले अब यस क्षेत्रका मुटुरोगका बिरामी एन्जियोप्लाष्टीका लागि काठमाडौं या अन्यत्र शहरको अस्पतालमा जानु नपर्नेपनि अन्सारीले बताए ।

Related posts

घडिअर्वा छठघाटको सुरक्षामा कुनैपनि त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरुको प्रतिबद्धता

MadhesKhabar

वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ अभियान जारी

MadhesKhabar

अनुदान दुरुपयोग हुन नदिन वास्तविक किसानहरुको पहिचान गर्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment