Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडिअर्वा छठघाटको सुरक्षामा कुनैपनि त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरुको प्रतिबद्धता

वीरगन्ज,२० कार्तिकःपर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले वीरगन्जको छठघाटमा ब्रतालु र भक्तजनहरुको सुरक्षामा कुनै त्रुटी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।छठ पूजाका लागि देशभरमै प्रसिद्धी कमाएको वीरगन्जको घडीअर्वा पोखरी छठघाटमा छठ पूजा र दर्शनका लागि १ लाख ५० हजार बढी भक्तजनहरु पुग्ने गरेका छन् ।

मंगलबार घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले सुरक्षा निकायका प्रमुखहरुसंग आायोजना गरेको बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले छठघाटमा सुरक्षाका सवालमा कुनै त्रुटी हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठघाटको सुरक्षाको रणनीति तय गर्ने र त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गर्ने बताए।घडिअर्वा छठघाटमा लाखौं भक्तजनहरुको आगमन हुने भएकाले भीड व्यवस्थापन, सम्भावित दुर्घटनाको जोखीम टार्न लगायतका सुरक्षाको चुनौती रहने भएकाले यसप्रति प्रहरी प्रशासन गम्भीर रहेको उनले बताए ।छठघाटमा सुरक्षामा कुनै कसर बाँकी नराख्नेपनि उनले दोहो¥याए ।

घडिअर्वा छठघाटमा हुने छठ पूजा वीरगन्जकै पहिचान र प्रतिष्ठाको विषयपनि भएकाले यसमा आँफुहरु गम्भीरताका साथ लाग्ने उनले बताए ।बैठकमा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आयोजक समितिका स्वंयसेवकसंग मिलेर नेपाल प्रहरीले छठघाटको सुरक्षामा काम गर्ने बताए । छठघाटमा नेपाल प्रहरीका तर्फबाट आवश्यक सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।

यस्तै पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले पनि घठघाटको सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालन गरिने बताए ।पोखरीको जलाशय ठूलो भएका कारण मोटरेबल बोटसहितको टोलीपनि खटाइने जानकारी दिदैं उनले सशस्त्र प्रहरी बलका महिला सुरक्षाकर्मीपनि परिचालन गरिने बताए ।

बैठकमा घडिअर्वा छठपूजा व्यवस्थापन समितिको सुरक्षा उपसमितिका संयोजक मनोहर साहले छठघाट परिसर भित्र र बाहिर गरी २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको बताए । यसका साथै घडिअर्वा स्पोट्र्स क्लबका ४० जना स्वंयसेवकपनि परिचालन गरिने जानकारी उनले गराए ।

घडीअर्वा छठघाटमा पूजा र दर्शनका लागि आउनेहरुको सुरक्षा प्रबन्धलाई विगतको भन्दा अझ प्रभावकारी बनाउने प्रयास आँफुहरुले गरिरहेको उनले बताए ।

बैठकमा घडिअर्वा स्पोट्र्स क्लबका सचिव सन्तोष गुप्ताले सम्भावित दुर्घटनालाइ मध्यनजर गरि छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र र प्राथमिक उपचार शिविरपनि राखिने बताए ।

सुरक्षा उपसमितिका संयोजक मनोहर साहको अध्यक्षतामा भएको बैठकमा वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणका गणपति कर्णेल निराजन कटुवाल ,राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत ललितनाारायण चौधरी, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, पूर्व वडाध्यक्ष रामनगीना साह कानु,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट,वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक निरोज चौलागाई , घडीअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु, पूर्व अध्यक्षहरु प्रमानन्द साह कानु, मदन प्रसाद गुप्ता, बाल्मिकी साह , प्रेम साह कानु ,घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष सहा कानु,सचिव लखनलाल गुप्ता, प्रभाकर गुप्ता लगायतकोपनि सहभागीता रहेको थियो ।

 

Related posts

माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग

MadhesKhabar

पर्यटन दिवसमा ठाेरीवासीकाे आक्राेश : सरकारले ठाेरीलाई बारम्बार झुक्यायाे 

MadhesKhabar

इस्लाम धर्मावलम्बीको मुख्यपर्व रमजान सुरु

MadhesKhabar

Leave a Comment