Madhes Khabar
स्थानिय हेडलाइन

पटेर्वा सुगाैली गाँउपालिकामा आमरण अनशन बसेका युवक अस्पतालमा भर्ना

वीरगन्ज ,१३साउन: पाँचदिन देखि आमरण अनशनमा बसेका पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ३ का रामजनम चाैधरीकाे स्वास्थ्य अवस्था बिग्रएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएकाे छ ।

पटेर्वा सुगाैली गाँउपालिकाकाे गाँउसभामा बजेटका विषयमा प्रश्न गर्दा गाँउपालिका अध्यक्ष निकटका व्याक्तिहरुले हातपात र दुर्व्यहार गरेकाे र उक्त घटनामा संलग्नहरु विरुद्ध कारबाहीकाे माग गर्दै चाैधरी साउन ९ गतेदेखि आमरण अनशनमा बसेका थिए । पाँच दिनदेखि आमरण अनशनमा बसेका चाैधरीकाे स्वास्थ्य अवस्था बिग्रिएर नाजुक भएपछि उपचारका लागि शनिबार नारायणी अस्पतालमा भर्ना गरिएकाे हाे ।

गाँउपालिकाकाे कार्यालय अगाडि नै पाल टाँगेर बसेका चाैधरीलाई शनिबार प्रहरीले उपचारका लागि अस्पतालमा लगेर भर्ना गरिदिएकाे स्थानीयवासीले बताए ।

आँफुलाई हातपात गर्नेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरि कारबाही प्रकृया अगाडि बढाउनु पर्ने, गाँउपालिकाले सबैकाे सहभागीतामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने , यसअघिका जनप्रतिनिधिले आफुँसंग गरेका सम्झाैताहरु कार्यान्वयन हुनुपर्ने लगायतका माग राखेर चाैधरी साउन ९ गतेदेखि आमरण अनशनमा बसेका थिए ।

Related posts

जलवायु परिवर्तनको असर :मधेसमा फेरि चापाकल सुक्न थालेपछि खानेपानीको समस्या बिकराल बन्दै

MadhesKhabar

वीरगन्ज जेलमा करेन्ट लागेर एक कैदीकाे मृत्यु

MadhesKhabar

वीरगन्जमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न विषादी छर्ने काम सुरु

MadhesKhabar

Leave a Comment