वीरगन्ज,६ भदौं : भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ ।इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ नेपाली समयअनुसार बुधबार साँझ ६ बजेर १९ मिनेटमा चन्द्रमामा अवतरण भएको हो ।
योसँगै भारत चन्द्रमामा ’सफ्ट ल्यान्डिङ’ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो । अमेरिका, रुस र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् ।
चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो । जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।
इसरोले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पु¥याएको थियो ।
बुधबार साँझ चन्द्रयान चन्द्रयान–३ चन्द्रमामा अवतरण भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तिरिक्षमा नयाँ भारतको नयाँ उडानको साक्षी बनेको प्रतिक्रिया दिएका छन् ।