Madhes Khabar
स्थानिय हेडलाइन

महानगरका ग्रामिण वडाको विकास मेरो प्राथमिकतामा छ : मेयर सिंह

वीरगन्ज, ४ असोज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरभित्रको ग्रामिण भेगका वडाहरुको विकास आफ्नो पहिलो प्राथमिकता रहेको रहेको बताएका छन् ।बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का स्थानीयहरुसँग लालपर्सामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मेयर सिंहले महानगरको ग्रामिण क्षेत्रको विकासका लागि बजेट छुट्याएर काम अघि बढाएको बताएका हुन् ।

प्राविधिक टोली सहित गाउँ पुगेका मेयर सिंहले स्थानीयले राखेका समस्या सम्बोधन गर्दै लालपर्सामा वर्षाका बेला हुने डुबान अन्त्य गर्न तत्काल पानी निकास हुने गरि आवश्यक स्थानहरुको पहिचान गरि कल्भर्ट निर्माण गराउने प्रतिबद्धता जनाए।लालपर्सामा वर्षाका बेला भेडाहा खोलाको पानी निकास नहुँदा हरेक वर्ष डुबान हुने गरेको छ । मेयर सिंहले प्राविधिक टोलीलाई डुबान क्षेत्र देखाउँदै पानी निकासका लागि आवश्यक ब्यवस्था मिलाउन निर्देशन दिए ।

यस्तै मेयर सिंहले ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक अवस्था मजबुत बनाउन सीपमुलक कार्यक्रम संचालन गर्दै महिलाहरुले उत्पादन गरेका सामानको बजारिकरणको व्यवस्था महानगरले मिलाउने प्रतिबद्धता जनाए ।यस्तै लालपर्सामा रहेको विद्यालयको भौतिक संरचना निर्माणको काम यसै आ.व.बाट सुरुवात हुने जानकारी दिँदै उनले विद्यालयको पठन पाठन चुस्त बनाउन शिक्षकको व्यवस्था मिलाउने पनि बताए ।

वीरगन्ज ३० का वडाअध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको भेलामा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

Related posts

३० कराेडकाे एमआरआई मेसिन नारायणी अस्पतालमा अढाई महिनादेखि अलपत्र

MadhesKhabar

राष्ट्रिय स्तरका १३ प्रमुख अस्पतालको मूल्यांकनमा नारायणी अस्पताल ११ नम्बरमा

MadhesKhabar

वीरगन्जमा हैजा नियन्त्रणका लागि होटल र माछा–मासु पसलहरूमा महानगरको अनुगमन

MadhesKhabar

Leave a Comment