Madhes Khabar
स्थानिय हेडलाइन

रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी राधिकाको शव तीन दिनपछि आज बिहान भेटियो

फाइल तस्बिर : जगत राई

वीरगन्ज,१५असोजःवीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेपछि बाढीले बगाएर बेपत्ता बनाएकी बालिकाको शव तीन दिनपछि आज (मंगलबार) भेटिएको छ ।

नदीमा हाम फालेको पुलबाट डेढ सय मिटरको दुरीमा नदी छेउमा मंगलबार बिहान ६ बजेतिर ती बालिकाको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

वीरगन्जको रानीघाटबाट रामगढवाजाने सडकको रानीघाट पुलबाट गत आइतबार बिहान सवा ९ बजे बाराको प्रसौनी गाँउपालिका–२ खुटवा प्रसौनीकी अन्दाजी १५/१६ वर्षकी राधिका कुमारी दासले नदीमा हाम फालेपछि उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

उक्त घटनाभएलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीले डुंगाको मदतमा नदीमा खोजी गरेकोमा मंगलबार बिहान दासको शव भेटिएको भारतीले बताए ।

मंगलबार बिहान भेटिएको शवको मृतक बालिकाका आमा र भाईले सनाखत गरेको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । ती बालिकाले नदीमा हाम फाल्नुको कारण अहिलेसम्म खुल्न नसकेको भन्दै भारतीले यसबारेमा अनुसन्धान भइरहेको बताए ।

 

Related posts

पर्सामा ४५ हजार भन्दा बढि मत बदर

MadhesKhabar

वीरगन्ज गाेल्डकप फुटबल फागुनमा

MadhesKhabar

पर्साकाे ग्रामीण भेगमा पेट्रोलमा कालाेबजारी,भाेट कट्ने डरले जनप्रतिनिधिले गर्दैनन् अनुगमन

MadhesKhabar

Leave a Comment