Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

बाराको गञ्जभवानीपुरमा रहेको सहकारी संस्थाले लाखौं ठग्यो

बारा,२बैशाखःबाराको गञ्जभवानीपरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले सहकारी नियम विपरीत सेवाग्राहीको लाखौँ रुपैयाँ ठगी गरेको पीडितहरूले आरोप लगाएका छन् ।

आफूहरूले उक्त सहकारीबाट लिएको ऋणको सावाँ ब्याज करिब ८५–९० प्रतिशतसम्म चुक्ता गरे पनि सहकारीको सञ्चालक महमद कमाल हुसेनले सहकारीको नियम २०७४ को दफा उल्लंघन गरी ५ वर्षको अवधिमा सावाँ भन्दा बढी ब्याज लिएको र ऋणको तेब्बर सावाँ बनाएर जग्गा लिलाम गर्न पत्र पठाएको पीडित रामाधार प्रसाद कानुले बताए ।

यसै गरी एक लाखको सावाँ ब्याजको मासिक किस्ता १० हजारको दरले एक लाख २० हजार रुपैयाँ सहकारीमा जम्मा गरे पनि त्यसको कुनै भर्पाई आफूलाई नदिएको तथा एक लाखको ५ लाख सावाँ ब्याज बुझाउन ताकेता गर्दै आएको अर्र्की पीडित लक्ष्मिनिया देवी मालिनले बताइन् ।

उनले भनिन्,‘आफूले प्रधानमन्त्री बेरोजगारमा कमाएको पैसा राष्ट्रिय वाणिज्य बैंकबाट पाएपछि त्यही ठाउँबाट सहकारीका कर्मचारीले नियन्त्रणमा लिएर सहकारी कार्यालयमा लगेर अभद्र व्यवहार गरे । मैले ३० हजार रुपैयाँ ब्लाउजमा राखेको थिए । उनीहरूले मेरो ब्लाउजबाट बलजफती त्यो रकम निकालेर खाली हात घर पठाएको र कुनै प्रमाण, भर्पाई दिएनन् ।’

यसै गरी आफूले डेढ लाख गरी दुई पटकमा तीन लाख लिएको ऋणको १५ पटकमा साढे ६ लाख चुक्ता गरे पनि हालका दिनमा सहकारीले १० लाख अझ सावाँ ब्याज तिर्न ताकेता गर्दै आएको अर्की पीडित मञ्जु देवी कानुले बताइन् ।

उनले भनिन्,‘सहकारीले मलाई कुनै ठोस प्रमाण दिएको छैन तर, सहकारीको नगद कारोबारमा बस्ने निशा कुमारी तेलीलाई नगद रकम बुझाउँदा त्यसैले लेखेको सादा कागजको एउटा नगदी भर्पाई रहेको छ ।’ निशाले नगद रकम बुझे पनि नाम भर्पाईमा नलेखेर अरू कर्मचारीको नाम लेखेर दिएको प्रमाण सुरक्षित रहेको उनले बताइन् ।

सहकारीका सञ्चालक कमाल हुसेनले ऋण दिँदा बलजफती बिमा गरिदिने, सेवाबापत लिएको ऋणको २५ प्रतिशत रकम पहिला नै कट्टा गर्ने गरेको उनले बताइन् ।

अधिकांश ऋण लिएका सेवाग्राहीलाई पास बुक, स्टेटमेन्ट र नगद बुझ्ने कुनै ठोस प्रमाण नदिने गरेको आरोप छ । आफूहरूले लिएको ऋणको सावाँ ब्याज बुझाउँदा सो सहकारीले सादा कागजमा सही गराउने गरेको पीडितहरूले आरोप लगाएका छन् ।

सहकारीको ऋणबाट कहिले मुक्ति पाउने आसमा हामीले नगरपालिकाको न्याय समिति र प्रहरी प्रशासन कलैयामा सामुदायिक रूपमा ३–४ वटा निवेदन जाहेरी दिएपनि सुनुवाइ नभएको पिडितहरुको गुनासो छ ।

सहकारीका सञ्चालक हुसनले भने कसैको हिसाब गडबड नगरेको तथा उल्टै उनीहरूले ऋण पचाउन विभिन्न जालझेल गर्दै आएको दाबी गरे ।

जिल्ला सहकारी समन्वय समितिको अध्यक्ष मिश्रीलाल सहनीले साना किसान कृषि सहकारी संस्था गञ्जभवानिपुरको हिसाब किताब धेरै नै गडबड देखिएकाले सेवाग्राही ऋणीसङ मिलेर सहमति गर्न आफूले सञ्चालक कमाल हुसेनलाई सल्लाह सुझाव दिएको बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तीन दिन भित्र सेवाग्राहीको हिसाब फछ्र्यौट नगरे सहकारी नियम अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।साभारःगोरखापत्र अनलाइन

Related posts

एनपीएलको फाइनल पुग्नका लागि जनकपुर र सुदूरपश्चिम खेल्ने

MadhesKhabar

गहुँ बालीका लागि वीरगन्जमा भित्रिन थाल्याे युरिया मल

MadhesKhabar

फास्ट ट्रयाकको डिपीआर संशोधन : लागत र समय घट्यो

MadhesKhabar

Leave a Comment