Madhes Khabar
खेलकुद हेडलाइन

झापालाई हराउँदै वीरगन्जले जित्यो भेट्रान कपको उपाधि

सिमरा,१६मंसिरः युनिटि युथ वीरगन्जले क्रियटिभ जीतपुरसिमरा भेट्रान कपको उपाधि जितेको छ । बाराको सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा प्ले टुगेदर झापालाई ३–१ ले पराजित गर्दै वीरगन्जले उपाधि उचालेको हो ।

वीरगन्जलाई उपाधि दिलाउन निलेन्द्र देवानले दुई र कृष्ण शाक्यले एक गोल गरे । झापाका लागि नरेन्द्रमणी लिम्बुले एक गोल फर्काए । प्रतिस्पर्धात्मक फाइनल खेलको उपाधि उचालेको वीरगन्जले ट्रफिसहित नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता झापाले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगन्जका कन्या सुब्बा गुरुङ घोषित भए ।

विधागततर्फ सर्वाधिक गोलकर्ता वीरगन्जका निलेन्द्र देवान, उत्कृष्ट गोलरक्षक झापाका रुपक गुरुङ, ५० वर्षमाथिको उत्कृष्ट खेलाडी वीरगन्जका सञ्जिव खड्गी घोषित भए । प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमका खेलाडीलाई मुख्य प्रायोजक क्रियटिभ वल्र्ड डिजिटल प्रा.लिका अध्यक्ष कमलबाबु चौधरी, सशस्त्र प्रहरी उपरीक्षक मोहन बस्नेत, क्लबका अध्यक्ष सोनु क्षेत्री, प्रतियोगिता संयोजक राम पाठक, क्लबका सल्लाहकार ऋषीराज लुईटेलगायतले पुरस्कार वितरण गरेका थिए ।

नव जनजागृति भेट्रान क्लबको आयोजनामा मंसिर ११ गते देखि सुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।

Related posts

सखुवाप्रसाैनी क्रिकेट प्रतियाेगिता : कालिकामाई गाँउपालिका विजयी

MadhesKhabar

वीरगन्ज बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ 

MadhesKhabar

टांगामा भारत तस्करी गर्न लागिएको १४ लाखको भेप वीरगन्ज नाकाबाट बरामद

MadhesKhabar

Leave a Comment