Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा १ वर्षअघि विहे भाँडिएको प्रकरण : बेहुलासहितका ५ जनालाई ६/६ महिना कैदको फैसला

वीरगन्ज,२९फागुनः एक वर्ष अघि दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिडेको आरोप लागेका बेहुला,उनका बुबासहितका पाँच जनालाई पर्सा जिल्ला अदालतले ६/६ महिना कैदको सजाय सुनाएको छ ।

मंगलबार पर्सा जिल्ला अदालतका न्यायधिश मोहन सुबेदीको एकल इजलाशले बेहुलासहित पाँच जनालाई विवाह सम्बन्धि कसुरमा ६/६ महिना कैद सजाय र जनही ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । साथै त्यसबेला बेहुला पक्षले दाइजोमा लिएको नगद ५ लाख ६५ हजार रुपैयाँ बेहुली पक्षलाई फिर्ता दिनुपर्ने फैसलापनि अदालतले गरेको छ ।

२०८० फागुन २८ गते वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा बेहुलीको घरमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री माँगेको विषयमा बेहुली पक्षसंग विवाद हुदाँ कुटपिटसमेत भई विहे नै भाँडिएको थियो ।त्यसमा संग्लन बेहुला,उनका बुबा, दुई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले त्यहिराति बेहुलीको घरबाटै नियन्त्रणमा लिएको थियो।

२०८० फागुन २९ मा बेहुली पक्षले दिएको जाहेरीका आधारमा पक्राउ परेका बेहुला बाराको कलैया–४ का २८ बर्षिय उमेश साह,उनका बुबा ६० बर्षिय बच्चालाल साह गोढ,दाजुहरु ४२ बर्षिय राकेश कुमार साह ,४० बर्षिय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर ५ का ४५ बर्षिय रामएकबाल साहविरुद्ध विवाह सम्बन्धि कसूरमा प्रहरीले मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाएको थियो ।तर त्यसको केहिदिन पछि पर्सा जिल्ला अदालतले धरौटीमा उनिहरुलाई रिहा गरेको थियो ।

वीरगन्ज–२४ रामगढवास्थित बेहुलीको घरमा बनाइएको विहेको जग्गेमा सामाजिक परम्परा अनुसार वैवाहिक विधी चलिरहेका बेला विवाद भई बेहुला र बेहुली पक्षबिच कुटाकुटसमेत भएको थियो।त्यसपछि बेहुला उमेश विहे नगर्ने भन्दै जग्गेबाट उठेर हिडेका थिए।लगत्तै बेहुली पक्षले खबर गरेपछि विवाहस्थलमा पुगेको प्रहरीले बेहुला उमेशसहित उनका पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

 

Related posts

वीरगन्जका विद्यालयमा फेरि ३ दिनका लागि गर्मी विदा

MadhesKhabar

मधेस प्रदेशस्तरीय छनाैट क्रिकेटमा पर्सा विजयी

MadhesKhabar

सदरमुकाम कलैयामै डोम समुदायका बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित

MadhesKhabar

Leave a Comment