Madhes Khabar
स्थानिय

परवानीपुर गाँउपालिकामा सडक र नालाको सफाई गर्दै लामखुट्टे मार्ने विषादी छर्न रास्वपाको माग

वीरगन्ज,२४चैतःबाराको परवानीपुर गाँउपालिकाका रास्वपाका नेताकार्यकर्ताले सरसफाईको व्यवस्थापन तथा बढ्दो लामखुट्टेको प्रकोप नियन्त्रणको माग गर्दै गाँउपालिकाको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।रास्वपाका गाँउपालिका सभापति सन्तोष कुमार यादवको नेतृत्वमा मंगलबार गाँउपालिकाको कार्यालयमा पुगेका युवा नेताकार्यकर्ताहरुले प्रमुख प्रशासकीय अधिकृतलाई चार बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

परवानीपुर गाउँपालिकाका प्रत्येक वडा तथा टोलमा सडकमै फोहोर थुप्रिनुका साथै नाला समयमै सफा नभएको कारण वातावरण अस्वस्थ्य बन्दै गएको तथा हरेक टोलमा लामखुट्टेको संख्यामा अत्यधिक वृद्धि भई सर्वसाधारण जनताको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भइरहेकाले गाँउपालिका कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउनु परेको यादवले बताए ।

प्रत्येक वडामा नियमित रूपमा फोहोर संकलन तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाउनुपर्ने , फोहोरले भरिएका नालाहरू तुरुन्त सफा गर्नुपर्ने , लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कनुपर्ने र सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग आँफुहरुको रहेको उनले बताए ।

Related posts

बारामा एक वर्षमा ४ जनाको हत्या

MadhesKhabar

जेनजी आन्दोलनमा गरिएको आगजनीका कारण वीरगन्जसहित दुई महानगरको भएन लेखापरीक्षण

MadhesKhabar

पोखरिया नगरपालिकाको अधिवेशनमा मेयर चौहानले भने : विकास र समृद्धिमा लागि परेको छु

MadhesKhabar

Leave a Comment