Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरको प्रमुख प्रशासकीय अधिकृतमा आउने भए बसन्त बोहरा

वीरगन्ज,१२जेठ : संघ सरकारले वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरालाई खटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गर्ने क्रममा वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बोहरालाई पठाउने निर्णय गरेको हो ।

हाल भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बोहरालाई वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरकारले खटाएको हो ।

यसअघि गत फागुन १२ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरेको थियो । तर वीरगन्ज महानका मेयर राजेशमान सिंहले महानगरको सहमति बेगर गरिएको उक्त निर्णयप्रति असहमति जनाउँदै निर्णयमा पुर्नविचार गर्न आग्रह गर्दै मन्त्रालयमा पत्रचार गरेका थिए । त्यसपछि उक्त विवाद झन् चर्किदैं गएको थियो । गत बैशाख २८ गते मात्रै रवाना लिएर वीरगन्ज महानगरमा हाजिर हुन आएपछि जेठ ५ गते महानगरमा बसेको जनप्रतिनिधिहरुको बैठकले उनलाई हाजिर हुन नदिने भन्दै सरकारले जबरजस्ति गरे महानगरमा ताल्चा लगाएर साँचो मन्त्रालयमा बुझाउने निर्णय गरेको थियो ।

यसअघि वीरगन्ज महानगरमा सरुवा गरेर पठाइएका रेशमलाल कँडेललाई भने सोमबारको मन्त्रीपरिषद बैठकले कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाउने निर्णय गरेको छ ।

Related posts

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो

MadhesKhabar

बारामा बोक्सीको आरोप लगाएर महिला माथि निर्घात कुटपिट

MadhesKhabar

बहुदरमाईका मेयरले हाकिमलाई अख्तियारी नदिदाँ शिक्षक र कर्मचारीले ४ महिनादेखि पाएनन् तलब

MadhesKhabar

Leave a Comment