Madhes Khabar
हेडलाइन

बारामा बोक्सीको आरोप लगाएर महिला माथि निर्घात कुटपिट

सांकेतिक फोटो

माधुरी महतो
वीरगन्ज ,१४ असार ः:बारामा एक महिलालाइ बोक्सीको आरोपमा कपाल काटेर कुटपिट गरि गम्भिर घाइते बनाइएको छ ।

पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारीका ओसी अख्तर अन्सारीकी पत्नि ३५ बर्षीया जयदा खातुनलाइ गाँउकै तीन जना पुरुषहरुले बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् ।

उनिहरुले बोक्सीको आरोपमा खातुनको कपाल मुण्डन समेत गरेका छन् । घाइते खातुनको कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार चलिरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

 

पिडित महिला खातुनका अनुसार , गाँउकै नसरुदीन मियाँ अन्सारी, फुलमहम्मद अन्सारी र तबरेज अन्सारीले आफनो खेतबाट जबरजस्ति माटो खनेर लग्दै गरेका बेला रोक्न जाँदा उनिहरुले बोक्सीको आरोप लगाएर कुटपिट गरेका हुन् ।

तीनै जनालेृ आफूलाई बोक्सीको आरोप लगाउँदै लछारपछार गरेर कुटपिट गरेको र कपाल पनि काटि दिएको पिडित खातुनले बताएकी छन् ।आफुलाइ बचाउन गएकी भाउजू सकिना खातुनलाई पनि उनीहरुले कुटपिट गरेर घाइते बनाएको खातुनले बताएकी छन् ।

बाराका प्रहरी प्रवक्ता प्रनाउ थापाले उक्त घटना सोमबारको भएको बताए । घटनाका बारे जानकारी पाएपछि मङगलबार प्रहरीको टोली घटना भएको ठाँउमा पठाएर विस्तृत रुपमा अनुसन्धान गरिरहेको जानकारी उनले दिए ।उनले भने ,‘पिडित पक्षले जाहेरी दिएपछि आरोपितहरुलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाउछौ ।
थापाले पिडित महिलाको कलैयामा उपचार भइरहेको जानकारी पनि दिए ।

Related posts

एक साता भित्र वीरगन्जको मेनरोड फराकिलो हुने : मन्त्री राई

MadhesKhabar

ठाकुरराम क्याम्पसको परिक्षाकेन्द्र फिर्ता ल्याउन संयुक्त पहल गर्ने सर्वपक्षीय बैठकको निर्णय

MadhesKhabar

औषधि उत्पादक संघले वीरगन्ज महानगरलाई दियो १० थान कम्प्युटर र ४ थान प्रिन्टर

MadhesKhabar

Leave a Comment