Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालको मेसु परिवर्तन, डा. एनामुलले पाए जिम्मेवारी

वीरगन्ज,१३जेष्ठःवीरगन्जको नारायणी अस्पतालको मेडिकल सुपरीडेन्टेण्ट (मेसु) परिवर्तन भएका छन् । स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालको मेसुमा डाक्टर एनामुल हकलाई नियुक्त गरेको हो ।मन्त्रालयले यसअघि काार्यरत निमित्त मेसु डाक्टर चित्तरन्जन साहलाई हटाएर दशौं तहका डाक्टर हकलाई मेसुमा नियुक्त गरेको हो ।

आइतबार मन्त्रालयमा शााखा अधिकृत रामप्रसाद ओलीबाट मेसुको नियुक्ती पत्र बुझेको डाक्टर हकले जानकारी दिए । काठमाडौंबाट आइतबार साँझ सम्म वीरगन्ज आइपुग्ने र सोमबारदेखि अस्पतालमा पुगेर पदभार ग्रहण गर्ने उनले मधेसखबरलाई बताए । डाक्टर हक यसअघि २०७५ सालमापनि नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी करिब ११ महिना सम्हालिसकेका छन् ।

आइतबार मेसुको जिम्मेवारीबाट हटाइएका डाक्टर साहले भने २०७९ माघदेखि निमित्त मेसुको जिम्मेवारी पाएका थिए ।करिब १५ महिना निमित्त मेसुको जिम्मेवारी सम्हालेका साहलाई पुन वीर अस्पतालमा काज फिर्ता गराएर मन्त्रालयले डाक्टर हकलाई मेसुको जिम्मेवारी दिएको हो ।

श्रोतका अनुसार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाहनामा मन्त्रालयले डाक्टर हकलाई अहिले नारायणी अस्पतालको मेसुको जिम्मेवारी दिएको हो ।

 

 

Related posts

वीरगन्जको पशुपति आदर्श क्लब र नेशनल मेडिकल कलेजबीच सम्झौता

MadhesKhabar

पर्साकाे ओरिया खाेलामा हराएका दुई वटा सिमास्तम्भ भेटियाे

MadhesKhabar

आज मधेसी समुदायमा भईया दुज पर्व : दिदी-बहिनीले दाजु-भाईलाई बजडी खुवाउँदै

MadhesKhabar

Leave a Comment