Madhes Khabar
रोचक दुनियाँ हेडलाइन

सुनचाँदीको भाउ सोमबार घट्यो, सुन तोलामा ३ हजारले सस्तियो

वीरगन्ज ४,फागुन:नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज सोमबार ३ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम गरिएको छ।आइतबार भने सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेकाले लगानीकर्ता तथा उपभोक्ताले बजारको अवस्थालाई ध्यान दिएर कारोबार गर्न व्यवसायीहरूले सुझाव दिएका छन्।

Related posts

बारामा हुण्डी कारोबार गर्ने गिरोह नगद २१ लाखसहित पक्राउ

MadhesKhabar

नेपाल औषधि व्यवसायी संघकाे केन्द्रीय अध्यक्षमा वीरगन्जका खण्डेलवाल निर्वाचित

MadhesKhabar

वीरगन्जमा बसेकाे नेपाल-भारत सुरक्षा बैठकले गर्याे ६ बुँदे निर्णय

MadhesKhabar

Leave a Comment