Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

आज मधेसी समुदायमा भईया दुज पर्व : दिदी-बहिनीले दाजु-भाईलाई बजडी खुवाउँदै

वीरगन्ज,१८कार्तिक:यमपञ्चककाे पाँचाै दिन आज मधेसी समुदायमा दिदी-बहिनीले आफना दाजुभाईकाे दीर्घायुकाे कामना गर्दै भईयादुज पर्व मनाउँदैछन् ।

पहाडी समुदायमा मनाइँने भाई टिका जस्तै मधेसी समुदायका दिदी–बहिनीहरुले दाजु–भाईहरुको लामो दिर्घायुको कामना गर्दै आजका दनि यो पर्व मनाइरहेका हुन् ।

दिदी–बहिनी तथा दाजुभाईहरु बिचको प्रेम एवं स्नेह यथावत राख्नका लागि गोबर्धन पूजाको भोलीपल्ट अर्थात आजका दिन बिहानै बिधिवत पूजा अर्चना गरि भईया दुज पर्ब मनाउने चलन मधेसी समुदायमा रहेको छ ।

दिदी–बहिनी र दाजु–भाईबिचको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको भईया दुज पर्वमा दिदी–बहिनीले पहिले भगवान् गोबर्धन समक्ष श्राप दिएर आफ्ना दाजु–भाईको सबै दु:ख र कष्ट मुक्त गर्दै उनीहरुको लामो दिर्घायुकाे कामना गर्दछन् ।

आजका दिन सबेरै मधेसी समुदायका महिला तथा युवतीले सामुहिक रुपमा विभिन्न स्थानमा जम्मा भई भगवान् गोबर्धनको पूजा–अर्चनासँगै पारम्परिक गीत समेत गाउने गर्दछन् ।

यस दिनमा दिदी–बहिनीले रेंङ्गनीको काँडाले आफ्नाे जिब्राेमा घोचेर आफ्ना दाजु–भाईलाई श्राप दिएर पुन : श्राप मुक्त गर्दछन् । प्राचीन काल देखी नैं चलिआएको धार्मिक परम्परा अनुसार महिलाहरुले गोबर्धन पूजा गरेर हिन्दु धर्ममा हुँने बिवाह र अन्य मांङ्गलिक कार्यहरु आजैबाट सुरु हुने भएकोले गीत समेत गाउँने गर्दछन् ।

गोबर्धन पूजा पश्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई केराउकाे दाना र मिठाई बजडीको रुपमा खुवाएर दाजु–भाईहरुको शक्ती तथा छाती बजडी झैं सारो तथा बलियो रहोस् भन्ने लामो आयुको आशिर्वाद समेत दिने गर्दछन् ।

दिदी–बहिनीले बजडी खुवाएपछि दाजुभाइलेपनि आफ्नाे गच्छे अनुसारकाे उपहार दिदी-बहिनीलाई दिने चलन छ।

Related posts

पानीको समस्या समाधानका लागि पर्साका दलहरुले गुहारे मुख्यमन्त्री यादवलाई

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

नेपाल–भारत बिचको व्यपारमा सरकारले सहजीकरण नगरेको नीजी क्षेत्रको गुनासो

MadhesKhabar

Leave a Comment