Madhes Khabar
साहित्य

पर्साका पूर्व एसपी राजुबाबु श्रेष्ठलाई `तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान ´

वीरगन्ज,२३मंसिर:यसबर्षको `तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान ´ पुरस्कार डाक्टर राजुबाबु श्रेष्ठलाई प्रदान गरिने भएको छ । तुलसीमान श्रेष्ठ स्मृति समाजले प्रेस विज्ञप्ति जारी गरी यसबर्षको तुलसीमान श्रेष्ठ लाेकसाहित्य सम्मान दशकौंदेखि गीत, कथा तथा उपन्यास लेखनमा अनवरत क्रियाशील डाक्टर राजुबाबु श्रेष्ठलाई प्रदान गर्ने जनाएको हो ।

२५ हजार राशीसहितकाे उक्त पुरस्कार यहि मंसीर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयाेजना हुने समारोहमा प्रदान गरिने तुलसीमान श्रेष्ठ स्मृति समाजका निरजमान श्रेष्ठले जानकारी दिए ।

 

नेपाल प्रहरीमा ३० बर्षे सेवाबाट निवृत्त डा.राजुबाबु श्रेष्ठ जिल्ला प्रहरी कार्यालय पर्साका पूर्व उपरीक्षक(एसपी) पनि हुन्।उनी ३० वर्षे नेपाल प्रहरीको सेवा गरि प्रहरी बरिस्ठ उपरीक्षक(एसएसपी) हुँदै नेपाल प्रहरीको सेवाबाट निवृत भएका थिए।

डा. श्रेष्ठका `मनहरु र देश दुखेका बेला´ कविता संग्रह प्रकाशित छन् ।त्यस्तै मारिनोसेलोको जून, मृत्यूमेला, बेनामे जर्नेल कथा संग्रह, प्रहरी र साहित्य खोजमुलक लेखन संग्रह, १० वटा गीति संग्रह(एल्बम) र पानीको फोका गीति संग्रह प्रकाशित छन् ।

 

राष्ट्रिय कविता सम्मेलन २०५३ मा तृतीय पुरस्कार प्राप्त गरेका उनले प्रहरी द्वैमासिकको प्रथम २०६० मा, हरि उत्कृष्ठ प्रतिभा पुरस्कार २०६०, सर्वोत्कृष्ठ गीतकार सम्मान २०६९(रेडियो कान्तिपुर), च्वाइस एफएम सम्मान २०७०, सर्वोत्कृष्ठ गीतकार सम्मान २०७०(कालिका एफएम), सर्वोत्कृष्ठ गीतकार सम्मान २०७०(योङमाइन इन्टरटेनमेण्ट) तथा सर्वोत्कृष्ठ गीत इमेज अवार्ड २०७१ र २०७२ प्राप्त गरेका छन् ।

Related posts

गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेपछि कलैया उपमहानगरका विद्यालयहरु ३ दिनका लागि बन्द

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

वीरगन्जमा उल्लाशमय माहौलका साथ भोजपुरी कवि गोष्ठी सम्पन्न

MadhesKhabar

Leave a Comment