Madhes Khabar
साहित्य

सिद्धार्थ माविमा भोजपुरी कला–संस्कृति बारे प्रशिक्षण सम्पन्न

मधेसखबर
वीरगन्ज,५फागुन : वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत विधार्र्थीहरुलाई भोजपुरी कला–संस्कृति बारे प्रशिक्षण दिइएको छ ।

वीरगन्जका सामुदायिक विद्यालयहरुमा पुगेर विधार्थीहरुमा भोजपुरी कला–संस्कृति बारे सचेतना फैलाउने अभियान सञ्चालन गर्दै आइरहेको नेपाल भाजपुरी समाजले शुक्रबार सिद्धार्थ माविमा पनि उक्त कार्यक्रम गरेको हो ।समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजजका सचिव राजेन्द्र सिंह राजपुतले बिद्ययार्थीहरुलार्ई प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यक्रम पश्चात कक्षा ९की छात्रा प्रिती कुमारी पटेल,विभा साह र किरण कुमारीले भोजपुरी मौलिक गित गाएर सुनाएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल बर्णवालले समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको व्यक्तित्वको बारेमा चर्चा गर्दै समाजले थालेको यो अभियान प्र्रशंसनीय रहेको प्रतिक्रिया दिए ।शुक्रबारको कार्यक्रममा नु भएको हो । कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र,संचारकर्मी राज कुमार सरार्फ लगायतको पनि सहभागीता रहेको थियो ।

शुक्रबार नै सिद्धार्थ माविमा भोजपुरी भाषा, साहित्यको बारेमा कलम चलाउने तथा बिकृती विरुद्ध रचनात्मक काम गर्ने गरि कक्षा ९ की छात्रा रुकसाना खातुनको संयोजकत्वममा समिति गठन पनि गरिएको सचिव राजपुतले जानकारी दिए ।

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment