Madhes Khabar
Uncategorized अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्वास्थ्य हेडलाइन

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

मोरङ, १४ असार
बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related posts

सत्तामा पुग्दा कांग्रेसले मजदुरलाई बिर्सिन्छ : डा. शेखर कोइराला

MadhesKhabar

नेपाललाई हेप्ने चिनियाँ राजदूतलाई सरकारले तत्काल फिर्ता पठाउनु पर्छ : साेनल

MadhesKhabar

बारामा धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ

MadhesKhabar

Leave a Comment