Madhes Khabar
Uncategorized

वीरगन्ज–२९ रतनपुरमा कांग्रेस उम्मेदवार चौरसियाले अगुवा कार्यकर्ताहरुसंग गरे भेटघाट

वीरगन्ज,२८माघःपर्सा क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २९ रतनपुरमा मंगलबार नेपाली कांग्रेसको मोटरसाइकल र्याली र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

कांग्रेस उम्मेदवार अजयकुमार चौरसियाको सहभागी मोटरसाइकल ¥यालीले गाँउको परिक्रममा गरेपछि अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका चौरसियाले यसअघिको संसदीय कार्यकालमा आँफुले सुरु गरेका योजनामध्ये केहि अधुरो रहेकोले अबको कार्यालयमा ती अधुरा योजनाहरु पुरा गर्ने वाचा गरे। उनले भने,‘म यहि माटोको मान्छे हु । जनता नै मेरा शक्ति हुन् । जनताको सेवामा म हिजो पनि थिए, आजपनि छु र भोलि पनि रहनेछु ।’

नेपाली कांग्रेसले युवाको भावाना र चाहनालाई सम्मान गर्दै आएको भन्दै चौरसियाले देश लहड र स्टन्टले नभई परिपक्व नेतृत्वले चल्ने बताए । अहिले परिवर्तनको हल्ला फैलाएर केहि उम्मेदवाहरु आँफुलाई नयाँ भन्दै जनतामाझ आएको भन्दै उनले भने,‘ ती नयाँ भन्नेहरु माघ ६ को मनोनयन अगाडि कुन पार्टीमा थिए ? पर्सा–२ का जनता र क्षेत्रका लागि के के गरे ? भोट माग्न आउँदा जनताले उनिहरुलाई सोध्नु होला ।’

अहिले कांग्रेसको नेतृत्व गगन थापाजस्तो जुझारु युवाको हातमा आइसकेको भन्दै उनले यसले कांग्रेसप्रति जनताको भरोसा फेरि बढेको र यसको नतिजा फागुन २१ को निर्वाचनमा देखिने दाबीपनि गरे ।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य रामरुप कुर्मी,कांग्रेस पर्साका पूर्व सभापति अजय द्धिदेवी,जिल्ला उपसभापति अशोक गुप्ता,क्षेत्रीय सभापति महमद साहाबुदिन, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह ,नेताहरु मदन यादव, रुदल ठाकुर, वकिल सहनी,खलिल मियाँ, सुरेन्द्र मण्डल, राजेन्द्र मण्डल लगायतकाको पनिसहभागिता थियो ।

Related posts

वीरगन्जमा जारी टी–२० क्रिकेट : एपिएफमाथि पुलिसको फराकिलो जीत

MadhesKhabar

कप्तान राेहितकाे शतकमा नेपालकाे जित

MadhesKhabar

पशुपतिनाथ क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जना प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment