Madhes Khabar
Uncategorized

कप्तान राेहितकाे शतकमा नेपालकाे जित

काठमाडौं,१५बैशाख:कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएकाे हाे ।

वेस्ट इन्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५४ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय १२ रनको शतकीय ईनिङ खेले । रोहितले ४७ बलमा शतक पूरा गरेका थिए । दिपेन्द्रसिंह ऐरीले १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । कुशल भुर्तेलले १२ बलमा ३ चौकाको सहयोगमा १६ रन बनाए ।

कुशल मल्लले १५ बलमा १६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले ४६ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर एलिक अथानाजले २५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए ।

केसी कार्टीले २६ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । आन्द्रे फ्रेल्चरले ५ बलमा २ छक्काको सहयोगमा १३ रन बनाए ।

नेपालका लागि अभिनास बोहोरा, दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लिए ।

Related posts

प्लेयर अफ द म्याच बने वीरगन्जका आसिफ शेख

MadhesKhabar

वाराणासीबाट नरेन्द्र माेदी लगातार तेस्रो पटक विजयी

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment