Madhes Khabar
स्थानिय

पर्साकाे टिहुकीमा विद्यालयको पर्खालको विषयमा दुई पक्षबिच कुटाकुट हुदाँ ४ जना घाइते

सांकेतिक तस्बिर ।

वीरगन्ज,२६चैत:पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २, टिहुकीमा विद्यालयको पर्खाल (देवाल)को विषयलाई लिएर दुई पक्षबिच कुटाकुट भएको छ। नेरा प्रावि टिहुकीको बाउन्ड्री वाल निर्माणको लागि बिहीबार टिहुकीको मन्दिरमा डाकिएको सार्वजनिक छलफलमा दुई पक्षबिच कुटाकुट भएको हो।

त्यसक्रममा बडकी टिहुकीका ४० वर्षीय रमेश साह, २० वर्षीय राजकुमार गिरि, ४३ वर्षीय संजय साह कानु र ४९ वर्षीय बुचुन मियाँ घाइते भएका छन्। जसमा रमेश र राजकुमारको टाउको फुटेको छ भने संजय र बुचुनको चोटपटक लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।

प्रहरी निरिक्षक पौडेलले झडपमा परेर घाइते भएकाहरूको नारायणी अस्पतालमा उपचारपछि थप उपचारका लागि न्युरो अस्पतालमा पठाइएको बताए। उनका अनुसार विद्यालयको बाउन्ड्री वाल निर्माण गर्दा सिँचाइको जमिनलाई पनि समेट्नुपर्ने एक पक्षको अडान र उक्त जमिन छोड्नुपर्ने अर्को पक्षको अडानका कारण झडपको अवस्था आएको हो।

कुटपिट गर्नेहरू घटनालगत्तै फरार भएकाले खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।साभार:नयाँपत्रिका

Related posts

पिकअपमा परालभित्र लुकाएर तस्करी गर्न लागिएको गाँजा र चालक वीरगन्जबाट पक्राउ

MadhesKhabar

वीरगन्जमा तस्करीको आंशकामा नमस्ते ट्रान्सपोर्टको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा नेपाली र भारतीय सुरक्षा अधिकारीहरुको बैठक : सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

MadhesKhabar

Leave a Comment