Madhes Khabar
स्थानिय

पर्साको जमुनियाका आगलागी पिडित परिवारलाई प्रभु अस्पतालको सहयोग

वीरगन्ज,२७बैशाखःपर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ जमुनियाका आगलागी पिडित परिवारलाई वीरगन्जको प्रभु अस्पतालले राहत सामग्री प्रदान गरेको छ ।

जमुनियामा बैशाख १८ गते आगलागी हुदाँ स्थानीय मनिफ मियाँ र रौफ मियाँ धुनियाको फुसको घर जलेर नष्ट हुनुका साथै १५ वटा चौपायापाि जलेर मृत्यु भएको थियो ।

बुधबार वीरगन्ज कपडा बैंक र सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा प्रभु अस्पतालले पिडित परिवारलाई सानो ग्यास सिलिण्डर चुल्हो सेट, स्टिलका भााडावर्तन लगायतका सामान सहयोग गरेको हो ।अस्पतालका सञ्चालकद्वय डाक्टर लक्ष्मी थापा र डाक्टर मनोज गुप्ताले दिएका ती सामान पिडित परिवारलाई बुधबार उनिहरुको गाँउमै पुगेर प्रदान गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।यस्तै वीरगन्ज कपडा बैंकलेपनि पिडित परिवारलाई लत्ताकपडा, प्लास्टिकको बाल्टी,जग लगायतका सामान सहयोग गरेको उनले बताए ।

आगलागीबाट घरबार बेगर भएका दुवै पिडित परिवारको आर्थिक अवस्था निक्कै दयनिय रहेकाले राहत स्वरुप ती सामग्री प्रदान गरिएको अस्पतालकी सञ्चालिका डाक्टर थापाले बताइन् ।यसअघि आगलागी भएको दिनको भोलि पल्टै बैशाख १८ गते ती पिडित परिवारलाई वीरगन्ज कपडा बैंंकले लत्ताकपडा ,मेट,कम्बल र केही नगद सहयोग गरेको थियो भने सामाजिक अभियन्ता थारुलेपनि ३ थान त्रीपाल सहयोग गरेका थिए ।

Related posts

उज्यालो वीरगन्ज अभियान : ३२ वटै वडामा गरि १३ हजार ब्लब जडान

MadhesKhabar

अन्य ५ महानगर भन्दा वीरगन्ज महानगरको बजेट खर्च गर्ने क्षमता उत्साहजनक

MadhesKhabar

वीरगन्जको छपकैयाबाट लाखाैं मुल्यकाे पटाका बरामद

MadhesKhabar

Leave a Comment