Madhes Khabar
स्थानिय

उज्यालो वीरगन्ज अभियान : ३२ वटै वडामा गरि १३ हजार ब्लब जडान

मधेसखबर
वीरगन्ज,०८ पुस : वीरगन्ज महानगरपालिकाले ३२ वटै वडामा गरि १३ हजार भन्दा बढि ब्लब जडान गरेकाे छ ।उज्यालो वीरगन्ज अभियान अन्तर्गत सडक तथा चोकचोकमा रहेका विद्युतका पाेलहरुमा ब्लब जडान गरिएकाे महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिए ।

संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगन्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको उज्यालाे वीरगन्ज अभियान अन्तर्गत महानगरका ३२ वटै वडामा गरि १३ हजार भन्दा बढी बल्ब जडान गरिएको उपाध्यायले बताए । उनका अनुसार ३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गत असारसम्ममा ६० प्रतिशत पनि काम मात्रै काम भएकाे थियाे ।

महानगरपालिकाले असार १९ गते स्वेत पत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाई भएको उल्लेख गरेको थियो । महानगरमा
नयाँ नेतृत्व आएसँगै कामलाई तिब्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको उपाध्यायले बताए ।

सम्झौता अनुसार १०० वाट, ६० वाट र ४० वाटको गरी कूल १३ हजार ३ सय ९० वटा ब्लब र १ सय भन्दा बढी कन्ट्रोल प्यानल जडान गर्ने काम सकिएको शाखाका इन्जिनियर उपाध्यायले जानकारी दिए ।केही वडामा पहिले जडान भएको वत्ति नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले अधिकांस बत्ति बल्ने गरेको उपाध्ययले बताए ।

सूर्योदय उर्जा र तोप्सन इनर्जी जेभी, काठमाण्डौले २३ करोड ९६ लाख २४ हजार १२७ रुपैयाँमा ठेक्का सकार गरेर काम गरेका थिए । सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएर मात्रै काम अन्तिम चरणमा पुगेको हो ।जडान भएका बत्तिमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत शाखाले सबैलाई आग्रह गरेको छ ।

विगतका दिनमा बत्ति नबलेको गुनासो दैनिक आउने गरेको भए पनि अहिले मर्मत र जडानको कामलाई तिब्रता दिएकाले गुनासो आउन पनि कमि भएको उनले जानकारी दिए । आएका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी टोली परिचालन हुने हुँदा गुनासो आउन कम भएको विद्युत शाखाका इन्जिनियर उपाध्यायले बताए ।

Related posts

वीरगन्जको मेनरोड विस्तार जुनसुकै हालतमा भएपनि हुनैपर्छ : सांसद जयसवाल

MadhesKhabar

वीरगन्जमा पनि बच्चा चोरको त्रास , छपकैयाबाट भारतका तीन मुस्लिम महिला पक्राउ

MadhesKhabar

वीरगन्ज: बिग्रिएर सडकमा राेकेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदा २ युवककाे मृत्यु

MadhesKhabar

Leave a Comment