Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा पनि बच्चा चोरको त्रास , छपकैयाबाट भारतका तीन मुस्लिम महिला पक्राउ


फोटो : राष्ट्रसन्देशबाट

मधेसखबर
वीरगन्ज,२२ भदौं : वीरगन्जमा बच्चा चोर्न आएको आशंकामा तीन भारतीय महिलालाइ स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाबाट स्थानीयले तीन भारतीय महिलालाइ नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विशाल मल्लका अनुसार , बुधबार बिहान ९ बजे तिर बजार छपकैयाका स्थानीय एक व्याक्तिको घरमा छिरेका ती महिलाहरुलाइ बच्चा चोर्न आएको आशंकामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
भारत बिहारको पश्चिमी चम्पारण जिल्लाकोे नरकटीयागन्जको पकडी ढाला घर भएका अन्दाजी ५०÷५५ बर्षिया सयरी खातुन , मयरुन नेशा र छतौटी खातुनलाइ स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको प्रहरी निरिक्षक मल्लले जानकारी दिए ।
स्थानीयले तीनै जना भारतीय महिलाले घरमा छिरेर बच्चा चोर्ने प्रयास गरेको आरोप लगाएपनि उनिहरुले बच्चा चार्ने प्रयास गरेको यथेष्ट प्रमाण भने ननभेटिएको प्रहरी निरिक्षक मल्लले बताए ।

वडा प्रहरी कार्यालयको हिरासतमा रहेका तीनै जना महिलाले आफुहरु बच्चा चोर्न नभइ औंठीमा जडान गरिने पत्थर , जन्तर र जडिबुटी बेच्न वीरगन्ज आएको बयान दिएको मल्लले जानकारी दिए ।
मल्लले भने ,‘ स्थानीयको घरमा शंकास्पद अवस्थामा घरमा पसेको देखिएकाले तीनै जना महिलालाइ प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौ ।

Related posts

महिलालाई आत्मनिर्भर बनाउन पोखरियामा ब्युटिसियन तालिम सञ्चालन

MadhesKhabar

मानव बेचबिखनको पनि ट्रान्जिट प्वाइन्ट बन्दै वीरगन्ज नाका

MadhesKhabar

नेपाल ब्युटिसियन संघ पर्साको २१ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान

MadhesKhabar

Leave a Comment