वीरगन्ज, १२ वैशाख :पर्सा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सुशील कुमार कानु आफ्नै गृह वडामा सम्मानित भएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा शनिबार आयोजित कार्यक्रममा सांसद कानु सम्मानित भएका हुन् ।
कार्यक्रममा वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष सन्तोष जैसी, वडा सदस्यहरु प्रभु महतो, मिश्रादेवी नगरकोटी , प्रमिला देवी र वडा कार्यालयका सचिव पवन प्रधानले सांसद कानुलाई दोशल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गर्दै सम्मानित गरे ।
सम्मान ग्रहण गर्दै सांसद कानुले यसअघि वडाध्यक्ष रहेकै कार्यालय र वडाका जनप्रतिनिधिबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताए । उनले आफ्नो गृह वडा भएका कारणले पनि वडाको विकास निर्माणको कार्य र वडाबासीको सेवाका लागि आँफु सदा तत्पर रहने प्रतितबद्धतापनि जनाए ।
कार्यवाहक वडाध्ध्यक्ष जैसीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानु, पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ता लगायतकाकोपनि सहभागिता थियो ।

