Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतमा अदालतको ऐतिहासिक फैसला : १३ वर्षदेखि कोमामा रहेका बिरामीलाई इच्छामृत्यु अनुमति

काठमाडौं,२७फागुनःभारतको सर्वोच्च अदालतले बुधबार ऐतिहासिक फैसला गर्दै पहिलो पटक निष्क्रिय इच्छा मृत्युलाई अनुमति दिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १२ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई यस्तो अनुमति दिएको हो। उनी गाजियावाद निवासी हुन्। हाल लाइफ सर्पोट सिस्टममा मात्रै जीवित छन्।

न्यायाधीशहरू जेबी पार्डीवाला र केभी विश्वनाथको संयुक्त इजलासले यस भावनात्मक र लामो समयदेखि बहस भइरहेको मुद्दामा फैसला सुनाएको हो। यो फैसला हरीशका आमा निर्मला र बाबु अशोक राणाको अपिलमा सुनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सर्वोच्च अदालतले केन्द्र सरकारलाई निष्क्रिय इच्छामृत्युको बारेमा व्यापक कानुन बनाउने बारेमा पनि विचार गर्न भनेको छ। अदालतले बिरामीको उपचार भइरहेको एम्स अस्पताललाई उनको लाइफ सर्पोट प्रणाली क्रमिक रुपमा हटाउन निर्देशन दिएको छ। अदालतले यो प्रक्रिया बिरामीको मर्यादा र सम्मान कायम राख्नेगरी सावधानीपूर्वक पूरा गर्नुपर्ने पनि उल्लेख गरेको छ।

निष्क्रिय इच्छामृत्यु भनेको बिरामी निको नहुने अवस्थामा जीवन बचाउन प्रयोग हुने उपकरण हटाइ दिनु हो,जसले बिरामीलाई स्वाभाविक रुपमा मृत्यु हुन दिन्छ।साभारःअन्नपूर्णपोष्ट

Related posts

हमासको आक्रमणबाट इजरायलमा धनुषाका आनन्दसहित १० नेपालीको मृत्यु

MadhesKhabar

भारतमा चर्किदै प्रधानमन्त्री मोदी विरुद्धको किसान आन्दोलन

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

MadhesKhabar

Leave a Comment