Madhes Khabar
अन्तर्राष्ट्रिय

एनआरएनए न्युयोर्कको सचिवमा अधिकारीको उम्मेदवारी

काठमाडौं ,२साउन : गैर आवासीय नेपाली संघ एनआरएनए न्युयोर्कको सचिब पदमा बसन्त अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।
यहि जुलाई २२ र २३ तारिखमा अमेरिकाको न्युयोर्कमा हुन गइरहेको अधिवेशनमा अधिकारीले सचिब पदमा उम्मेदवारी घोषणा गर्दै मतदानका लागि अपिल गरेका छन् ।

विगत पाँच बर्षदेखि एनआरएनए अभियानमा सकृय रहेका अधिकारीले पारदर्शिता रुपान्तरण प्रविधि मैत्री एनआरएनए अमेरीका नेपाली समुदाय भन्ने अभियान सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

अधिकारीले १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै अमेरिकामा रहेका नेपाली समुदायसंग मतदानका लागि अपिल गरेका छन् । अधिकारीले अमेरीकी समाजको मुलधारमा नेपालीहरुको बलियो उपस्थिती, अमेरीकामा रहेको नेपाली समुदायको एकता, नेपाली समुदायका लागि सन्तुलित कार्यक्रम, महिला तथा युवामैत्री कार्यक्रम लगायतलाई जोड दिएका छन् ।

अधिकारीले एनआरएनए सँधैका लागि सबैका लागि भन्ने नारालाई व्यवहारमा लागु गर्न आफू प्रतिवद्ध भएर लाग्ने उल्लेख गर्दै अमेरीकामा रहेका नेपाली समु्दायका लागि आवश्यक्ताका आधारमा कार्यक्रम सञ्चालनलाई जोड दिएका छन् ।

Related posts

साउदी अरबले ६५ जना नेपालीलाई दियो आममाफी

MadhesKhabar

बाराको सिमावर्ती घोडासहनमा प्रहरीसंगकाे भिडन्तमा दुई डाँकाको मृत्यु

MadhesKhabar

पटनाको होटलमा आगलागी हुदाँ ६ जनाको मृत्यु, ३८ जना घाइते

MadhesKhabar

Leave a Comment