Madhes Khabar
अन्तर्राष्ट्रिय

सिक्किममा बाढीकाे कहर: १४ जनाकाे मृत्यु ,सय भन्दा बढी बेपत्ता

झापा,१८असाेज:भारतकाे सिक्किममा बाढीबाट मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । उत्तर सिक्किमको ल्होनाक हिम तालमा विस्फोट भइ टिस्टा नदीमा अचानक आएको बाढीले बगाउँदा १४ सर्वसाधारणको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

बाढीका कारण २३ भारतीय सेनासहित सय जना भन्दा बढी बेपत्ता छन् । बुधबार बिहान करिब साढे १ बजे टिस्टा उर्लिएर आएको थियो । ताल विस्फोटपछि उत्तरी सिक्किमको चुङ्थाङ भत्काएर बाढी टिस्टामा मिसिएको थियो । जसका कारण टिस्टा आसपासको डिक्चु, सिंगताम, राङ्पोलगायतका साना–ठूला सहर बाढीको चपेटामा परेका थिए ।

बाढीले राजमार्ग, विद्युत्, खानेपानी लगायतका पूर्वाधारमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

सिक्किमको बाढीले बंगालका चार जिल्ला प्रभावित भएका छन् । भारतीय समाचार संस्थाहरुका अनुसार टिस्टा ब्यारेजबाट ८ हजार घनमिटर प्रतिसेकेन्ड पानी छोडेपछि कालिम्पोङ, दार्जिलिङ, जलपाईगुडी र कुचबिहार जिल्ला डुबानमा परेका हुन् । भारतीय सेनाको सहयोगमा बाढी प्रभावितको उद्धार र बेपत्ताको खोजी तीव्र पारिएको सिक्किम प्रहरीले जनाएको छ ।साभार:ईकान्तिपुरबाट

Related posts

भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

MadhesKhabar

लाेकसभा चुनावअघि राम मन्दिर उद्घाटन गर्ने माेदी सरकारकाे तयारी

MadhesKhabar

लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी हुदँँ २७ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment