Madhes Khabar
अन्तर्राष्ट्रिय

इजरायल र प्यालेस्टाइन बिचको गोलबारीमा बालबालिका सहित ३२ जनाको मृत्यु

मधेसखबर
गाजा ,२२ साउन : इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच जारी गोलाबारीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका पनि रहेका छन् ।

इजरायलले गाजा पट्टीमा शुक्रबार (५ अगस्ट) हवाई आक्रमण गरेको थियो, जसमा हमासका वरिष्ठ कमाण्डर तैसिर अल–जबारीको पनि मृत्यु भएको थियो। आइतबारको आक्रमणमा अर्का कमाण्डर पनि मारिएका छन् ।

इजरायली सेनाले हमासका दोस्रो शीर्ष कमाण्डर खालिद मन्सुर हवाई हमलामा मारिएका जनाएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप सहर रफाहमा एउटा घरलाई आक्रमणको निशाना बनाएको थियो । उक्त आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएका प्यालेस्टिनी सुरक्षा स्रोतहरूले जनाएको छ।

प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

Related posts

भारतले पठाएकाे चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमाकाे कक्षमा प्रवेश

MadhesKhabar

भारतीय प्रधानमन्त्री मोदीले भने : नेपालसँगको सीमा समस्या समाधान गर्छौं

MadhesKhabar

सिक्किममा ट्रक दुर्घटना , १६ सैनिकको मृत्यु

MadhesKhabar

Leave a Comment