Madhes Khabar
अन्तर्राष्ट्रिय

दिल्लीका उपमुख्यमन्त्री सिसोदिया र मन्त्री जैनले दिए राजीनामा

काठमाडौं,१६फागुन : हिरासतमा रहेका दिल्ली सरकारका उपमुख्यमन्त्री मनिष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले राजीनामा दिएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री अरविन्द केजरीवालले दुबै मन्त्रीको राजीनामा स्वीकार गरेका छन् ।

२०२१ मा लागू भएको मदिरा नीति बनाएको र त्यो लागू गर्दा भएको भनिएको अनियमिततामा सहभागी भएको आरोपमा सीबीआईले उपमुख्यमन्त्री सिसोदियालाई आइतबार पक्राउ गरेको थियो । उनलाई ५ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको छ ।

त्यसविरुद्ध सिसोदियाका वकिल अभिषेक मनु सिंघवीले मंगलबार सर्वोच्च अदालतले निवेदन दिएका थिए ।

त्यसमा सीआईबीको अनुसन्धान र पक्राउमाथि प्रश्न उठाइएको थियो र जमानतमा छाड्न माग गरिएको थियो । तर प्रधानन्यायाधीश धनन्जय वाई चन्द्रचुडको इजलासले उनको निवेदनलाई अस्वीकार गर्दै उच्च अदालत जान सुझाएको छ । लगतै सिसोदियाले राजीनामा दिएका हुन् ।

केजरीवाल सरकारका मन्त्री जैन भने जुन २०२२ मै सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका थिए । त्यसयता प्रहरी हिरासतमा रहेका उनले पनि मंगलबार नै राजीनामा दिएका हुन् ।साभार:अनलाइनखबर

Related posts

दाेहाेराे नागरिकता बनाएको आराेपमा नेपाली नागरिक भारतमा पक्राउ

MadhesKhabar

नाइजेरियाको चर्चमा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

MadhesKhabar

माेरक्काेमा विनाशकारी भुकम्प : ६३० भन्दा बढीकाे मृत्युु

MadhesKhabar

Leave a Comment