Madhes Khabar
अन्तर्राष्ट्रिय

सिरियामा पछिल्लो २ दिनमा भएको झडपमा परि १ हजार बढीको मृत्यु

तस्बिर : एपी

काठमाडौं,२५फागुनःसिरियामा पछिल्लो २ दिनमा भएको झडपमा परि १ हजार बढी नागरिकको मृत्यु भएको छ ।
सिरियाली सुरक्षा बलहरू र अपदस्थ राष्ट्रपति बसर अल असद पक्षधरबीच भएको झडप र त्यसपछिको बदला लिने क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । १४ वर्ष पहिले सिरियामा द्वन्द्व सुरु भएयताकै यो सबैभन्दा घातक हिंसा भएको अनुगमनकर्ताहरुले जनाएका छन् ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले ७ सय ४५ सर्वसाधारणको मृत्यु हुनुका साथै धेरैजसो नजिकबाट भएको गोली प्रहारबाट १ सय २५ सरकारी सुरक्षा बलका सदस्य र राष्ट्रपति अल असदसँग आबद्ध सशस्त्र समूहका १ सय ४८ विद्रोही मारिएको जनाएको छ । धेरै नागरिकको मृत्यु भएपछि केही क्षेत्रका बिजुली र खानेपानी वितरण समेत बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति असदलाई सत्ताबाट हटाएपछिको तीन महिनामा राजधानी दमस्कसमा बढ्दो महङ्गी नियन्त्रण गर्न नयाँ सरकारलाई चुनौती समेत दिइएको छ । यसैबीच वर्तमान सरकारले भने अपदस्थ भएका राष्ट्रपति अल असद पक्षधरका केही सेनाबाट अहिले पनि आक्रमणको प्रयासहरु भइरहेको आरोप लगाएको छ ।

Related posts

भारतको उत्तराखण्डमा बस दुर्घटना : कम्तिमा २२ जनाको मृत्यु,१५ घाइते

MadhesKhabar

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै बाबा रामदेव विवादमा

MadhesKhabar

लिबियामा विनाशकारी आँधी र बाढीका कारण २ हजार भन्दा बढीको मृत्यु

MadhesKhabar

Leave a Comment