Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बस दुर्घटना : कम्तिमा २२ जनाको मृत्यु,१५ घाइते

काठमाडौं,१९कार्तिकःभारतको उत्तराखण्डको अल्मोडास्थित मार्चुलमा बस दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। स्थानीयहरूले बस दुर्घटनाका घाइतेहरूको उद्दार गरिरहेका छन्।

अल्मोडाको जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनित पालले सोमबार बिहान बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको बीबीसीलाई जानकारी दिएका छन्।उनका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना भएको बताइएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बस दुर्घटनाका घाइतेको उद्दर र राहत छिटो गर्न निर्देशन दिएका छन्। एसडीआरएफ र एनडीआरएफको टोली घटनास्थल पुगेको छ। घटनास्थलमा उद्धार तथा राहतको काम सुरू गरिएको छ।साभारःअन्नपूर्णपोष्ट

Related posts

भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द

MadhesKhabar

एकपटक काटिएको धानकाे गाँजबाट पुन: धान फलाउन चीनका किसान सफल

MadhesKhabar

भारतकाे एक औषधि कम्पनीमा विस्फोट हुँदा ५ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment