Madhes Khabar
अन्तर्राष्ट्रिय

एकपटक काटिएको धानकाे गाँजबाट पुन: धान फलाउन चीनका किसान सफल

काठमाडौं,५भदाैं:चीनको जियाङ्सी प्रान्तका किसानले काटेको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् ।रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट २ पटक उत्पादन लिन सकिने बताइएको हो ।

किसानहरुले परम्परागत रुपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरुको भनाइ छ ।

विज्ञहरूकाअनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको पराल सहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ । जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणको लागि लगाइएको धान खेतमा एकपटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो ।

माटोको बनावटअनुसार फरकफरक रुपमा छनोट गरिएको खेतमा विज्ञहरुले परीक्षण गरेका थिए । पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले कृषकको समय,पैसा वचत गरेको र उत्पादन पनि दोब्बर भएको बताएका छन् ।

उनले भनेका छन्,‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले कृषकहरूको समय र पैसाको वचत गर्छ ।’

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल १ लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धान कर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताएका छन् ।

रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एक पटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिनेछ । जस्तै उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ । यसले समय र श्रमको वचत हुन्छ । यससँगै किसानले कम लागत, दक्षतावृद्धि, माटोको संरक्षण, छिटो उत्पादन र कम वातावरणीय प्रभावका साथै दिगो रुपमा भुमिको प्रयोग गर्न सक्नेछन् ।

Related posts

भारतकाे बिहारमा चट्याङ लागेर १९ जनाकाे मृत्यु

MadhesKhabar

अमेरिकाले फेरि विदेशी विद्यार्थीलाई भिसा दिने

MadhesKhabar

सलमान खानको घरमा गोली हानेको आरोपमा पक्राउ परेका युवककाे जेलभित्रै शंकास्पद मृत्यु

MadhesKhabar

Leave a Comment