Madhes Khabar
अन्तर्राष्ट्रिय

भाजपा सांसद कंगना रनाैतलाई महिला जवानले हानिन् थप्पड

काठमाडौं,२५जेष्ठ:भारतकाे हिमाञ्चल प्रदेशको मण्डी लाेकसभा सिटबाट निर्वाचित भाजपाकौ सांसद एंव बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड हानिएको छ ।

केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) एकजना महिला जवानले कंगनालाई बिहीबार विमानस्थलमै थप्पड हानेकी हुन् । यस मामिलालाई लिएर कंगनाले प्रहरीमा निवेदन दिएकी छन् ।

सीआईएसएफकी महिला जवानले कंगनाद्वारा किसान आन्दोलनमा महिलाबारे एक विवादित वक्तव्य दिएको भन्दै थप्पड हानेकी हुन् । कंगनाको यही भनाइलाई लिएर आक्रोशित ती महिला जवान कुलविन्दर कौरले थप्पड हानेकी हुन् । कुलविन्दरलाई हिरासतमा लिइएको छ ।

यो घटना बिहीबा अपरान्ह ३ बजेर ३० मिनेटमा भएको हो । कंगना चन्डीगढबाट दिल्ली जान तयार थिइन् । सुरक्षा जाँचका क्रममा सीआईएसएफकी महिला जवान कुलविन्दर कौरले त्यही क्रममा थप्पड हानिन् ।

त्यसपछि कंगनासँगै रहेका मयङ्क मधुरले कुलविन्दर कौरलाई थप्पड हान्ने कोसि गरे । यस घटनालाई लिएर कंगनाको तर्फबाट प्रहरीमा जाहेरी दिइएको छ ।

कंगना रनौत आफ्नो फिल्मका साथै विवादित र तिखा टिप्पणीका लागि परिचित छिन् । बलिउडमा नेपोटिज्मको मुद्दालाई लिएर उनले कयौँ पटक बोलिसकेकी छन् ।

एक घटनामा उनीविरुद्ध बलिउडका दिग्गज हस्ती जावेद अख्तरले मानहानीको मुद्दा पनि दर्ता गरेका थिए ।

कंगना हालै भएको लोकसभा निर्वाचनमा ५ लाख ३७ हजार २२ भोटसहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका विक्रमादित्य सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याएका थिए ।साभार:खबरहबबाट

Related posts

गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा कांग्रेसलाई बहुमत

MadhesKhabar

इजरायलमा भएकाे आक्रमणमा ९ नेपाली घाइते, २ काे अवस्था गम्भीर

MadhesKhabar

भारतको सर्वोच्च अदालतले जोगाइदियो राहुल गान्धीको सांसद पद

MadhesKhabar

Leave a Comment