Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानमा सेनाको कारबाहीमा एकैदिन ३० जना आतंककारी मारिए

तस्बिर : एजेन्सी

काठमाडौं,१३माघःपाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सेनाको कारबाहीमा ३० जना आतङ्ककारी मारिएका छन् । सेनाले चलाएका तीन वटा अभियानका क्रममा शनिबार एकैदिन ३० जना आतंककारी मारिएको पाकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सेनाले लक्की मारवाट, कराक र खैबर जिल्लामा गुप्तचरमा आधारित कारबाही अभियान चलाइरहेको छ । शनिाबर, लक्की मारवाटमा भएको कारबाहीमा १८ जना, कराक जिल्लामा आठ जना र खैबरमा दुई जना आतंककारी मारिएका हुन् ।

हतियार र गोला बारुदको ठूलो भण्डार पनि बरामद गरिएको सेनाले जनाएको छ ।ती क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिलाई हटाउन अभियान चलिरहेको छ ।पाकिस्तानको सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन दृढ रहेको बताएको छ ।

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

२४२ यात्रु सवार एयर इन्डियाको जहाज भारतको अहमदाबादमा दुर्घटनाग्रस्त,उद्धारकार्य जारी

MadhesKhabar

भारतकाे एक केमिकल फैक्ट्रीमा विस्फोट हुदाँ ८ जनाकाे मृत्यु ,६० जना घाइते

MadhesKhabar

Leave a Comment