Madhes Khabar
अन्तर्राष्ट्रिय

पाकिस्तानमा सेनाको कारबाहीमा एकैदिन ३० जना आतंककारी मारिए

तस्बिर : एजेन्सी

काठमाडौं,१३माघःपाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सेनाको कारबाहीमा ३० जना आतङ्ककारी मारिएका छन् । सेनाले चलाएका तीन वटा अभियानका क्रममा शनिबार एकैदिन ३० जना आतंककारी मारिएको पाकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सेनाले लक्की मारवाट, कराक र खैबर जिल्लामा गुप्तचरमा आधारित कारबाही अभियान चलाइरहेको छ । शनिाबर, लक्की मारवाटमा भएको कारबाहीमा १८ जना, कराक जिल्लामा आठ जना र खैबरमा दुई जना आतंककारी मारिएका हुन् ।

हतियार र गोला बारुदको ठूलो भण्डार पनि बरामद गरिएको सेनाले जनाएको छ ।ती क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिलाई हटाउन अभियान चलिरहेको छ ।पाकिस्तानको सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन दृढ रहेको बताएको छ ।

Related posts

भारु दुई हजारकाे नाेट साट्न ७ दिन समय थप

MadhesKhabar

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाउदाँ ९ जनाको मृत्यु

MadhesKhabar

भारतमा लाेकसभा चुनाव : पहिलाे चरणमा सबैभन्दा कम मतदान बिहारमा

MadhesKhabar

Leave a Comment