Madhes Khabar
अन्तर्राष्ट्रिय

राजगढमा जन्ती सवार ट्याक्टर दुर्घटना हुदाँ १३ जनाको मृत्यु

सांकेतिक तस्बिर ।

काठमाडौं,२१जेष्ठःभारतको मध्यप्रदेश राज्यको राजगढमा आइतबारराति जन्तीहरु सवार ट्याक्टर दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । मृतक १३ जना सबै राजस्थानको झालवार जिल्लाका बासिन्दा भएको बीबीसी हिन्दीले जनाएको छ ।

तीब्र गतिमा गुडिरहेको ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । ट्याक्टरमा जन्ती गइरहेकाहरु सवार रहेको बताइएको छ । दुर्घटनामा घाइते ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको जिल्ला अस्पताल राजगढ र केहीको भोपालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्दै भारत

MadhesKhabar

राहुल गान्धीलाई जेल सजायको फैसलापछि भारतीय कांग्रेसले भन्यो- गान्धी डराउँदैनन, मुद्दा दायर गर्छन्

MadhesKhabar

Leave a Comment