Madhes Khabar
अन्तर्राष्ट्रिय

राहुल गान्धीलाई जेल सजायको फैसलापछि भारतीय कांग्रेसले भन्यो- गान्धी डराउँदैनन, मुद्दा दायर गर्छन्

काठमाडौं ,९चैत: अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजायको फैसला सुनाएपछि भारतीय कांग्रेसले आपत्ती जनाएको छ। कांग्रेसले आफ्ना नेता गान्धीलाई विना कारण दुई वर्ष जेल सजाए सुनाएको भन्दै फैसलाविरुद्ध अदालत जाने बताएको छ।

‘सबैलाई थाहा छ। राहुल गान्धीले तानाशाहविरुद्ध आवाज उठाइरहेका छन् । गलतलाई गलत भन्ने हिम्मत देखाउने । यो साहस देखेर तानाशाह डराएका छन् । कहिले इडी, कहिले प्रहरी, कहिले मुद्दा, कहिले सजायको धम्की दिन खोजिरहेका छन्। राहुल गान्धीले यस विषयमा न्यायपूर्ण अपील गर्नेछन्। हामी लड्नेछौं र जित्नेछौं,’कांग्रेसले ट्वीटमा लेखेको छ।
सुरतको तत्लो अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ। सन् २०१९ मा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा दायर भएको थियो।

सोही मुद्दामाथि बिहीबार सुनुवाइ गर्दै सुरतको अदालते गान्धीलाई दुई वर्ष जेल सजाय सुनाएको हो। अदालतले गान्धीलाई सजायविरूद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

भारतीय सेनालाई हाैंसला दिदैं मोदीले भने:आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ

MadhesKhabar

बाराको सिमावर्ती घोडासहनमा प्रहरीसंगकाे भिडन्तमा दुई डाँकाको मृत्यु

MadhesKhabar

महाकुम्भकाे भागदाैडमा परेर मर्नेकाे संख्या ३० पुग्याे, ६० भन्दा बढीकाे उपचार जारी 

MadhesKhabar

Leave a Comment