Madhes Khabar
अन्तर्राष्ट्रिय

बाराको सिमावर्ती घोडासहनमा प्रहरीसंगकाे भिडन्तमा दुई डाँकाको मृत्यु

बारा,११ असार: बाराको सिम्रौनगढसंग जाेडिएकाे भारतकाे सिमावर्ती शहर घोडासहनमा प्रहरी र डाँकाबिच झडप भएको छ । झडपमा दुईजना डाँकाको मृत्यु भएको छ ।

आइतबार राति डाँकाहरुको समूहले घोडासहनकाे पुरनहिया गाउँमा डकैती गर्ने योजना बनाईरहेकाे सुराकी पाएर मोतिहारीबाट खटिएको प्रहरी टोली डाँकाहरु भएकाे स्थानमा पुग्दा झडप भएकाे थियाे । प्रहरीले नियन्त्रणमा लिन खोज्दा डाँकाहरुले बम प्रहार गरेका थिए ।

झडपमा परि दुई जना डाँकाको मृत्यु भएको हो । घटनामा तीन जना प्रहरी पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट पिस्टन बन्दुक, देशी बम, बम बनाउने सामग्री, लठ्ठी तथा ग्याँस सिलिन्डर समेत बरामद गरेको छ ।

झडपमा दुई जना घटनास्थलमै मारिएकाे र बाँकी १२/१३ जना
फरार भएकाे भारतीय प्रहरीले जनाएको छ ।

मृतक दुवै डाँकाको पहिचान नभएकोले भारतीय प्रहरीले भारत र नेपाल दुवैतर्फका सिमावर्ती प्रहरी पाेष्टमा उनीहरुको फोटो पठाएको मोतिहारीका एसपी कान्तेश कुमार मिश्राले जानकारी दिए ।

Related posts

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

MadhesKhabar

अत्याधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

MadhesKhabar

पाकिस्तानमा साम्प्रदायिक हिंसामा ७५ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment